नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10278 · वि.सं. २०७६
नि.नं. 10278 — उत्प्रेषण, परमादेश, प्रतिषेध
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै निकायबाट जारी गरिएको भनी विश्वास दिलाई पेस गरिएको लिखतको आधिकारिकता प्रमाणित गर्ने जिम्मेवारी त्यस्तो लिखत पेस गर्नेकै हुन्छ । सम्बन्धित निकायले त्यस्तो लिखत जारी गरेको होइन भनी इन्कारी गरेमा जालसाजीपूर्ण तरिकाले तयार भएको मान्नुपर्ने । (प्रकरण नं.१०) जे.भी. को कुनै सहभागीले गरेको राम्रो कामको फाइदा एक अर्काले पाए जस्तै गल्तीको दायित्व पनि एक अर्काले बोक्नुपर्ने । (प्रकरण नं.२८) कुनै काम संयुक्त रूपमा गर्ने भनी बोलपत्र दिँदा संयुक्त उपक्रम जे.भि.का पक्षहरू, कम्पनीहरू वा व्यवसायीहरूबिच जे जस्तो सम्झौता र करारनामा भए पनि सार्वजनिक खरिद वा कुनै काम गर्नको लागि एक पक्ष मात्र रहने र व्यवसायीहरूले तोकेको कुनै प्रतिनिधिले गरेको सम्झौता त्यस्तो जे.भि. वा संयुक्त उपक्रमका लागि बाध्यकारी रहने । (प्रकरण नं.३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10278 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश, प्रतिषेध |
| निर्णय वर्ष / मिति | 2076/02/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७३-WO-११६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10278 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
