नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10286 · वि.सं. २०७६
नि.नं. 10286 — दूषित नामसारी निर्णय दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशियार हकवालाहरूलाई नै लोप गरी आफ्नो मात्र हक छ भनी सिफारिस गराई सोही आधारमा कारबाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई बिक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसङ्गत नहुने । (प्रकरण नं.५) समान अंश हक कायम रहेको जग्गाको अंशियार जोसुकैले जुनसुकै बेहोराबाट दर्ता गराए पनि अन्य अंशियारको अंशहक समाप्त नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10286 |
|---|---|
| मुद्दाको विषय | दूषित नामसारी निर्णय दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2076/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश श्री एकराज आचार्य | माननीय न्यायाधीश श्री रामचन्द्र यादव |
| मुद्दा नं. | ०६९-CI-१०९५ | ०६९-CI-११२८ | ०७१-CI-११२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10286 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
