नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10274 · वि.सं. २०७६
नि.नं. 10274 — मानव ओसार पसार
सिद्धान्त / नजिर सार (Headnote Summary)
केबल अभियुक्त अदालतमा उपस्थित हुन आएनन् भन्ने आधारमा कसुर ठहर गर्नुलाई न्यायिक प्रक्रियाको दुरूपयोग गरेको (miscarriage of justice) अथवा गम्भीर अन्याय (gross injustice) भएको अर्थमा बुझ्नु पर्ने हुन्छ । प्रतिवादी अदालतमा उपस्थित नभएको कुरालाई नै स्वयम्मा निर्णायक प्रमाण मान्ने र अभियोग दाबी ठहर गर्ने कुरा अतार्किक, गैरकानूनी र अविवेकपूर्ण हुन जाने । (प्रकरण नं.७) प्रतिवादीका तर्फबाट पुनरावेदन पर्न नआएको अवस्था भएपनि प्रमाणको दृष्टिले न्यायको रोहमा प्रतिवादीउपर ठहर भएको कसुर र सजाय उल्टी नगर्दा गम्भीर अन्यायको स्थिति पैदा हुने वा गम्भीर कानूनी त्रुटि कायम रहने अवस्था देखिन आयो भने पुनरावेदन सुन्ने अदालतले मातहत अदालतको इन्साफ फरक पर्ने वा उल्टिने गरी फैसला गर्न मिल्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10274 |
|---|---|
| मुद्दाको विषय | मानव ओसार पसार |
| निर्णय वर्ष / मिति | 2076/04/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री लिलाराज अधिकारी | माननीय न्यायाधीश श्री केशवराज जोशी |
| मुद्दा नं. | ०७१-CR-११८३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७६, नि.नं. 10274 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
