सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १८१ नजिर अभिलेखमध्ये पृष्ठ ४ / ८

नि.नं. 10735वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

बृहत् रूपमा उद्योगधन्दालगायतको प्रवद्र्धन गर्ने राष्ट्रिय नीति रहेको भए तापनि ज्ञानको विश्‍वव्यापीकरणको परिप्रेक्ष्यमा पुस्तक तथा पत्रपत्रिकाहरूलाई अझ विशेष रूपमा हेरिनुपर्ने । पुस्तक तथा पत्रपत्रिकाको आयातमा भन्सारलगायतको कर लगाउँदा नेपाली पाठकलाई आर्थिक भार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10734वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान र जबरजस्ती करणी

प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाई मृत्यु भइसकेको व्यक्तिबाट क्षतिपूर्ति भराइदिनु न्यायोचित नदेखिने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10733वि.सं. २०७८संयुक्त इजलास

आयकर (आ.व. ०६२/६३)

आयकर

गैरकानूनी कार्यबाट कानूनसम्मत प्रतिफल प्राप्त हुन सक्दैन अर्थात् कानूनी वैधानिकता नै नभएको सम्झौताअनुसार दाखिला गरेको करले निवेदकलाई आफ्नो दायित्वबाट उन्मुक्ति दिन्छ भनेर मान्नु कानून तथा न्यायको उपहास हुन जाने । ऐनले वर्जित कार्य र सम्झौताविपरीत आफैँ सेवा सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10732वि.सं. २०७८पूर्ण इजलास

उत्प्रेषण

कुनै पनि लगानीकर्ताले आफूले कुनै आयोजनामा लगानी गर्दाका बखत कायम रहेको कानूनी व्यवस्था र त्यस्ता कानूनले प्रदान गरेका सुविधासमेतको लेखाजोखा गरी कानूनले प्रदान गरेका सुविधा उपभोग गर्ने उद्देश्यले लगानी गर्न तयार भएको हुन्छ । लगानी गर्न तयार भई आयोजना अगाडि बढाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10731वि.सं. २०७८संयुक्त इजलास

ज्यान मार्ने उद्योग

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍ने देखीबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10730वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

मानसिक अवस्था ठिक नभएका मानिसले परिणामको जानकारी राख्‍न नसक्ने र बुझेको म्यादको प्रयोजन नै अनुभूति गर्न नसक्ने तथा यो-यसको नामको यो प्रयोजनको म्याद यो-यसरी जानकारी दिनुपर्ने भन्‍नेसमेत थाहा पाउने अवस्था नरहेको मानिसले सम्बन्धित व्यक्तिलाई जानकारी दिन सक्ने अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10729वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपालका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवाद हुनुपर्ने । नेपाल सरकार वा कुनै सार्वजनिक निका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10728वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10727वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

प्रचलित सरकारी मुद्दासम्बन्धी ऐनअनुसार जाहेरी लिई अनुसन्धान गर्न पाउने निकाय तथा अधिकारीले आफ्नो अधिकार प्रयोग गर्दा प्रचलित कानूनबमोजिम नै गर्नुपर्ने हुन्छ । कुनै पनि कानूनी कारबाहीको लागि हदम्यादसम्बन्धी व्यवस्था महत्त्वपूर्ण कडीको रूपमा रहेको हुन्छ । सरकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10726वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

साधारण अधिकार क्षेत्रअन्तर्गत मुद्दाको रोह तथा कारबाहीको सिलसिलामा अधिकार क्षेत्रको त्रुटि भएको, प्राकृतिक न्यायको सिद्धान्तको विपरीत भएको, कानूनको देखादेखी त्रुटि भएको, बदनियत र प्रवृत्त भएको, अनधिकृत निकायबाट कामकारबाही आदेश भएको, संवैधानिक र कानूनी प्रश्‍नक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10725वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

कानूनले खास कार्यविधि तोक्नुपर्ने मनसाय राख्‍नुको मतलब अन्य अवस्थाभन्दा विशेष अवस्थाको अनुमान गरेको मान्‍नुपर्ने हुन्छ । कानूनबमोजिमबाहेक कर लगाइने र उठाइने छैन भन्‍ने संवैधानिक व्यवस्थाले स्पष्ट कानूनको अभावमा करको दायित्व जनताले बोक्नुपर्दैन भन्‍ने मान्यता र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10724वि.सं. २०७८संयुक्त इजलास

करार परिपालना गराई पाऊँ

करारीय स्वतन्त्रता करार कानूनको एउटा महत्त्वपूर्ण सिद्धान्त हो र यसको अभिन्‍न सम्बन्ध बजार अर्थशास्त्र र समाजमा विद्यमान वैयक्तिक मूल्य र मान्यता (individualistic ethos), सिर्जनात्मकता र सम्वृद्धिसँग छ भन्‍ने कुरालाई हामीहरूले बिर्सन मिल्दैन । सामाजिक स्वार्थक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10723वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

“धार्मिक आस्था" व्यक्ति र समुदायको पहिचानसँग जोडिएको संवेदनशील विषय हो भने "पहिचान" संविधानको धारा १६(१) द्वारा प्रत्याभूत "सम्मानपूर्वक बाँच्न पाउने हक" तथा धारा १७(३)(क) द्वारा प्रत्याभूत "विचार र अभिव्यक्तिको स्वतन्त्रता" सँगसमेत जोडिएको विषय हो । संविधानद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10722वि.सं. २०७८संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक

अपहरण गर्ने तथा शरीर बन्धक लिने कसुरको मुद्दामा पीडित स्वयं प्रत्यक्षदर्शी प्रमाणको कोटीमा रहन्छ । अपराध हुँदा देखेर, अनुभव गरेर, जानेर आफूउपर के कसरी कसले कसुर गर्ने कार्य गरेका थिए, को को व्यक्तिले के कस्तो भूमिका निभाएका थिए, वारदातस्थलदेखि अपहरणमुक्त हुँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10721वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै व्यक्तिलाई एकपटक अदालतको फैसलाअनुसार कसुरदार ठहर गरी सजाय भएकोमा अदालतमा धरौटी राखी थुनामुक्त भए पनि पुनः निजले पटकपटक अपराध गरी रहने प्रवृत्तिले त्यस्ता कसुरदारलाई सजायको सहुलियतको सिद्धान्त लागु गर्नु मनासिब नहुने । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10720वि.सं. २०७८संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक

घटना घटेको देख्‍ने चश्मदिद व्यक्ति कोही नभएको अवस्थामा पनि अन्य परिस्थितिजन्य प्रमाणहरू (Circumstantial Evidences) बाट अभियोग दाबी पुष्टि हुन नसक्ने होइन । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्‍ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10719वि.सं. २०७८संयुक्त इजलास

कुटपिट, अङ्गभङ्ग

मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को व्याख्या गर्दा अविच्छिन्‍न यकिन गर्न सकिने तथ्य र प्रमाणको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने देखिने । भाँचिएको हातखुट्टा वा अन्य अङ्ग उपचार गरी काम लाग्न सक्ने अवस्थामा आउने भएमा अङ्गभङ्गमा सजाय गर्न नमिल्ने र यस्तोमा मुल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10718वि.सं. २०७८संयुक्त इजलास

बहुविवाह

हदम्याद र हकदैयासम्बन्धी कानूनी प्रश्‍नमा मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि उक्त अदालतले सो सम्बन्धमा निर्णय गर्न सक्ने नै देखिन्छ । मुद्दामा हदम्याद र हकदैयाको प्रश्‍न समावेश भएको देखिएमा मुद्दा जुनसुकै तहमा विचाराधीन रहेको भए तापनि पहिले हदम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10717वि.सं. २०७८संयुक्त इजलास

लागु औषध (खैरो हिरोइन)

व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने भए तापनि त्यसप्रकारको स्थिति नदेखिएसम्म केवल सेवन प्रयोजनका लागि केही लागु औषध खरिद गरी आफूसाथ राखी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10716वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

संविधानको धारा २६९ को उपधारा (४) को खण्ड (क) ले राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने र धारा २६९ को उपधारा ४(ग) मा “दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्छ”…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10715वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

विश्वविद्यालयहरू विद्यार्थीहरूको सर्वोत्तम हितका लागि प्राज्ञिक स्वतन्त्रता कायम राख्न कुनै पनि प्रकारको बाह्य हस्तक्षेपबाट स्वतन्त्र भएको मानिने भएकोले त्यस्तो स्वायत्तताका सम्बन्धमा सामान्यतया अदालत प्रवेश गर्दैन । तथापि कानूनी शिक्षाको माध्यममार्फत समग्र न्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10714वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

आत्मरक्षाको अधिकार भन्‍नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10713वि.सं. २०७८पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

हदम्याद, हकदैया, अधिकारक्षेत्रसम्बन्धी कुनै गम्भीर त्रुटि कायम रहेको वा न्यायको दुरूपयोग (Miscarriage of Justice) हुन गई निवेदकउपर गम्भीर अन्याय (Gross Injustice) भएको स्थिति देखिन आएको अवस्थामा यदाकदा रिट क्षेत्राधिकारबाट पनि न्यायिक उपचार प्रदान गर्नुपर्ने स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10712वि.सं. २०७८संयुक्त इजलास

अंश दपोट

दबाए छिपाएको प्रश्‍न सबै अंशियारहरूबिच अंश मुद्दा चली सबैले अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस गर्दा दबाए छिपाएको छैन भनी कागज गरेको तर अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको अवस्थामा उपस्थित हुने विषय हो । अंश मुद्दा पर्दा व्यवहार प्रमाणबाट पहि…

नजिर सार पढ्नुहोस् →