नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10718 · वि.सं. २०७८

नि.नं. 10718 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

हदम्याद र हकदैयासम्बन्धी कानूनी प्रश्‍नमा मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि उक्त अदालतले सो सम्बन्धमा निर्णय गर्न सक्ने नै देखिन्छ । मुद्दामा हदम्याद र हकदैयाको प्रश्‍न समावेश भएको देखिएमा मुद्दा जुनसुकै तहमा विचाराधीन रहेको भए तापनि पहिले हदम्याद र हकदैयाको सम्बन्धमा निर्णय गरेपछि मात्र मुद्दाको विषयमा प्रवेश गर्नुपर्ने । कानूनले कुनै मुद्दा दायर गर्नुपर्ने समय सीमा हदम्याद तोकेको छ भने सो तोकिएको हदम्यादभित्र मुद्दा अनिवार्य रूपमा दायर भइसकेको हुनुपर्ने । जुनसुकै मुद्दा जहिलेसुकै पनि दायर गर्न सकिने भए कानूनले नै हदम्यादसम्बन्धी व्यवस्था गर्नु आवश्यक नै नहुने । मुद्दा जहिलेसुकै लाग्छ भन्‍ने सोच नहोस् अर्थात् मुद्दा पर्ने अवधि अनिश्‍चित नहोस् भन्‍ने मनसाय राखेर नै विधायिकाले कानूनमा हदम्यादको व्यवस्था गरेको हुने । यदि कुनै मुद्दा दायर गर्न हदम्याद कानूनले तोकेको छ भने मुद्दा गर्ने पक्ष चाहे त्यो व्यक्ति होस् वा सरकारी निकाय नै किन नहोस् त्यस्ले कानूनले तोकेको हदम्यादभित्र अनिवार्य रूपमा उक्त मुद्दा दायर गरिसक्नुपर्ने । यदि कसैले हदम्याद नाघेर मुद्दा दर्ता गराउन ल्याउँछ भने त्यसलाई अदालतले मद्दत गर्न नसक्ने । (प्रकरण नं.११) तत्काल विद्यमान सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ अनुसार बहुविवाह मुद्दा सरकार वादी हुने फौजदारी मुद्दा भएको र सरकारवादी फौजदारी मुद्दामा जाहेरी दरखास्त परेपछि प्रहरी कार्यालयले कानूनले तोकेबमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा चलाउनुपर्ने देखिएमा हदम्यादभित्र सरकारी वकिलमार्फत अदालतमा मुद्दा दायर गरी कसुरदारलाई सजाय दिलाउने निजको कर्तव्य हुन्छ । जाहेरी दरखास्त परेपछि कानूनबमोजिम अनुसन्धान तहकिकात नगरी प्रहरी कार्यालयले त्यसै बस्न मिल्ने नदेखिने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10718
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2077/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की | माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम
मुद्दा नं.०७३-CR-०५०९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10718
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्