नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10714 · वि.सं. २०७८
नि.नं. 10714 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । मृतकले ज्यानै लिन सक्ने स्थितिको सिर्जना रहेभएको भन्ने तथ्य स्थापित नभएको अवस्थामा आफ्नो ज्यानको रक्षाका लागि मृतकलाई धारिलो हतियार खुकुरी, फलामको हथौडाले टाउको अनुहार जस्ता शरीरको संवेदनशील अङ्गमा पटकपटक प्रहार गरेको सत्यतथ्य आत्मरक्षाको अधिकारभित्र नपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10714 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/09/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री शंकरराज बराल | माननीय न्यायाधीश श्री लोहितचन्द्र शाह | माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी |
| मुद्दा नं. | ०७५-CR-१३०७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10714 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
