उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ
(१) भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६६ / ४४०
(१) भूमिसुधार कार्यालयले जग्गाधनीले पत्याएको भन्दा बाहेकको व्यक्तिको नाममा समेत मोहियानी हक नामसारी गर्नेगरेको निर्णय उक्त दफा २६(१) को विपरीत हुनजाने देखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी साधारण मुंग्राले हिर्काउँदा मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) निवेदकले कूत नबुझाएको भए भूमिसम्बन्धी ऐन तथा नियमबमोजिम मोहीबाट हटाउन पाउने जग्गाधनीको हक सुरक्षित नै देखिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) निर्णय बदर गरिपाउँ भनी कसैको माग दावी नभएकोले निर्णय सम्बन्धमा अदालतबाट विचार गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) भूमिसम्बन्धी ऐन, २०२१ र भूमिसम्बन्धी नियमावली, २०२१ ले तोकेको प्रकृया पूरा गरी मोहियानीको स्थायी प्रमाणपत्र दिएको देखिन नआएकोले मोहियानीको स्थायी प्रमाणपत्र दिने गरी गरेको निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) लाचारी वा गल्ती, न्यायिक निर्णयको आधार बन्न सक्तैन । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो हक नै नपुगेको जग्गाको मोही महलबाट नाम कट्टा गर्ने गरेको निर्णय बदर गरिपाउँ भनी निवेदन गर्ने हकदैया नै नभएको । (प्रकरण नं. ४)
नजिर सार पढ्नुहोस् →(१) जग्गा दर्तावाला रिट निवेदकहरूलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी रिट निवेदकहरूका नाउँमा दर्ता भएको जग्गामा प्रत्यर्थीले मोही कायम गर्ने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) तेरो मेरो हकको प्रश्न उपस्थित भएकोमा ऐनको दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनुपर्नेमा प्रत्यर्थी जग्गा नाप जाँच ऐनको दफा ११(ख) अन्तर्गत गठित समितिले नै प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णय त्रुटियुक्त देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) स्थिर पूँजी रु.९,४३,०००। भएकोले अनुसूची अन्तर्गत पर्ने नै हुँदा निवेदकले उत्पादन शुरू गरेको मितिबाट ३ वर्षको आयकर छूट पाउनुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) अधिकारक्षेत्र भित्रको नभएको भनी नालेस खारेज गर्ने गरेको फैसला मनासिव हुँदा तहकिकात इन्साफ गर्नु भनी पठाएको इन्साफ उल्टी हुने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) ज्यान मार्ने कुराको कुनै योजनाको अभावमा प्रतिवादीले केटीको विषयलाई लिएर तत्कालै उठेको रिसबाट कुटपिट गर्दा मरेको ज्यानसम्बन्धीको १३(३) बमोजिमको माग दावी भए तापनि प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० वर्ष कैदको सजाय गर्ने गरेको इन्साफ मनासिव देखिने ।…
नजिर सार पढ्नुहोस् →(१) अंश मुद्दाबाट अंशबण्डा नछुट्टी कसको हक कायम हुने भन्ने कुराको निर्णय भई नसक्दै मेरो हकको सम्पत्ति भनी राजीनामा गर्न पाउने हक नदेखिने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) बढुवा समितिबाट ०३९।४।१२ मा नै नामावली प्रकाशन गरेको देखिन आएकोले उक्त ०३९।४।२९ को परिपत्र भन्दा अगावै नामावली प्रकाशित भएको देखिने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) वारदात स्थलमा ज्वारीकोट भएकोले अनुमान र शंकाको आधारमा मारेको भन्ने स्थिति हुँदैन । एकअर्काको ज्वारीकोट सट्टापट्टा हुनसक्ने सम्भावना नभएको भन्न नसकिने । (प्रकरण नं. २३)
नजिर सार पढ्नुहोस् →(१) भरपाई पेश गर्नसकेको छैन । साविक जग्गाधनीसँग कबुलीयत भएको छ भन्ने रिट निवेदकको भनाई पनि नदेखिनुको साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) को प्रक्रिया पूरा भएको भन्न समेत सकेको नदेखिएकोले यस्तो स्थितिमा अ.बं.१३९ अनुसार साविक जग्गाधनीलाई बुझ्नु निष्प्रयोजन स…
नजिर सार पढ्नुहोस् →(१) जग्गामा नै तेरो मेरोको विवाद परेपछि हक बेहक गर्ने सम्बन्धमा जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिमको कार्यविधि अपनाउनुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) स्वास्थ सेवा विभागबाटै सिफारिश भई आएको हुनाले त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले भेदभाव गर्यो भन्ने स्थिति नरहने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) रिट निवेदकहरूको माग दावीको हकमा सो काम कारवाही धेरै अगाडि नै पूरा भइसकेको हुँदा निवेदकहरूको माग बमोजिमको आदेश जारी गर्न निस्प्रयोजन हुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) साक्षीमा दुई छोरालाई मात्र सहीसम्म गराएकोबाट कानुनको रीत पुगेको भन्न मिलेन, पत्नी र छोरा पनि हकवाला हुँदा निजहरूको पनि सही गराउनुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) लेनदेनमा झगडा हुँदा तत्काल उठेको रिस थाम्न नसकी मृतकलाई छुरीले हिर्काएकोबाट ऐनका म्याद भित्र मृत्यु भएको देखिन आएकोले सर्वस्वसहित जन्मकैद गर्दा सजाय चर्को पर्ने भएकोले अ.बं.को १८८ नं.बमोजिम १० वर्ष कैद हुने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →(१) विवादको घर जग्गामा निवेदकहरूको हकदैया भएको देखिन नआएकोले रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →(१) सम्पन्न भएको कुनै निर्वाचन सम्बन्धमा चित्त नबुझ्ने पक्षले निर्वाचन, अपराध र सजाय ऐन, २०२४ को दफा १४ ले तोकेको सीमाभित्र रही उजूर गर्नुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) राजीनामा गराई लिनेलाई बुझी निर्णय गरेको पनि देखिन नआएको मात्र नभई निवेदकले जग्गा हदबन्दी भन्दा बढी भई बिक्री वितरणमा प्राप्त हुन आई बिक्री वितरण भएको देखिन नआएकोले सो निर्णय कानुन प्रतिकूल देखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →