सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६७ / ४४०

नि.नं. 1746वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) निवेदकलाई दिइएको नोकरीबाट हटाइएको पत्रमा चित्त नबुझे ३५ दिन भित्र संस्थान प्रमुख मार्फत सञ्चालक समितिमा पुनरावेदन दिन सक्नु हुने भन्ने लेखिएको पाइन्छ । यसबाट महाप्रवन्धकको निर्णय अनुसार रिट निवेदकलाई हटाएको भन्ने देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1745वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सेवाबाट हटाउन वा बरखास्त गर्नसक्ने गरी श्री ५ को सरकारलाई ऐनले नै सक्षम बनाएको अवस्थामा नियमको निर्माण नगरी सेवाबाट अवकास दिन मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. ८) (२) कुनै आरोप नलगाई निवृतिभरणमा (“निवृतिभरण दिने गरी”–सम्बन्धित प्रकरणको भावना अनुसार बुझ्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1744वि.सं. २०४०संयुक्त इजलास

फैसला लिखत बदर

(१) कानुनको म्याद भित्र कुनै उजूर बाजुर गरेको देखिँदैन, साथै धेरै अघि देखि भोगचलन भइरहेको देखिन आएको बुँदा प्रमाणहरूको आधारमा समेत फैसला बदर हुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1743वि.सं. २०४०संयुक्त इजलास

जालसाजी

(१) हकभोग नभएको कुरालाई झुठ्ठा व्यहोरा लेखी आफ्नो हकभोग दर्ताको भनी बिक्री गरेको कृयाकलापबाट हक मेटिन जाने हुनाले कीर्ते कागजको ३ नं.अन्तर्गतको अपराध भए गरेको देखिएको भन्ने आधारमा जालसाजी गरेको ठहराएको इन्साफ मनासिवै देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1742वि.सं. २०४०संयुक्त इजलास

लिखत पारित

(१) सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँ–ठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1741वि.सं. २०४०संयुक्त इजलास

ज्यान

(१) आफ्नो निर्दोषिताको कुनै किसिमको सबूत प्रमाण दाखिल हुनआएको नदेखिएबाट कर्तव्यवाला रहेनछ भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1740वि.सं. २०४०संयुक्त इजलास

कर्तव्य ज्यान

(१) मृतकसँग प्रतिवादीको कुनै किसिमको रिसइवी भएको मिसिल प्रमाणबाट देखिँदैन । शंकाको भरमा ज्यान जस्तो गम्भीर अपराधमा कसूरदार ठहराउन नमिल्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1739वि.सं. २०४०पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) डाँका मुद्दामा कैदबाट छुटेपछि नकवजनी चोरीको अपराध गरेको हुँदा नकजवनी चोरी मुद्दामा भएको हद कैदमा डाँका मुद्दाको कैद गाभिने स्थिति नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1738वि.सं. २०४०पूर्ण इजलास

ज्यान

(१) आफ्नो स्वेच्छाले जाहेरीमा लेखिदिएको र अदालतमा गरेको बकपत्रको सामान्य अनुसन्धानको सिलसिलामा प्रहरीमा गरी दिएको कागज भनाईलाई आधार बनाउन सकिने नदेखिने । (प्रकरण नं. २०) (२) घरबाट बरामद भएको रगत लागेको भनेको भालाको रगत जाँचको अभावमा त्यस्तो रगत मृतकको हो भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1737वि.सं. २०४०पूर्ण इजलास

कर्तव्य ज्यान

(१) सहअभियुक्तहरूको भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टी हुनुपर्दछ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिनसकिन्छ । (प्रकरण नं. ४३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1736वि.सं. २०४०पूर्ण इजलास

अंश फैसला बदर

(१) अड्डामा उपस्थित भई सहिछाप गरी अड्डाबाट पास समेत गराएको बण्डापत्रको लिखतलाई ठोस सबूत प्रमाणको अभावमा अवैध लिखत घोषित गरी पास समेत भएको लिखतलाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1735वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कम्पनिको प्रोप्राईटर दानसोभा तुलाधर भएकोमा रिट निवेदक धर्मसागर तुलाधरको नाममा कर निर्धारण गरेको आदेश कानुन अनुकूल भएको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1734वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निर्णय गर्ने अधिकार नभएको कर्मचारीले पेश गरेको टिप्पणीलाई सदर भनी गरेको निर्णय न्यायिक मनको प्रयोग नगरी त्रुटिपूर्ण निर्णय गरेको भन्ने देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1733वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अन्तःशुल्कको सम्बन्ध उत्पादन भएको मदिरासँग रहन्छ । मदिरा उत्पादन नभएपछि त्यसमा अन्तःशुल्क लाग्ने प्रश्न नआउने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1732वि.सं. २०४०संयुक्त इजलास

नाता कायम

(१) कानुनले दिएको परिधि नाघेर फिरादी आफैंले कानुनको रीत पुर्‍याई देवानीमा दायर गरेको प्रस्तुत मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न नमिल्ने। (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1731वि.सं. २०४०संयुक्त इजलास

प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) जवरजस्ती कागज गराई तारेखमा राखेको भन्ने लिखितजवाफबाट देखिँदैन । यसबाट निवेदकको हकमा आघात परेको भन्ने देखिन नआएको । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1730वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सबूत प्रमाणको मूल्याड्ढन नै नगरी आधार समेत नदेखाई न्यायिक मनको अभावमा गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1729वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्र आफूले राखेको धरौटी फिर्ता लिनआएको नदेखिएको, थाहापाएको मितिले धरौटी फिर्ता लिन आउनसक्ने दण्डसजायको ५१ नं.मा व्यवस्था भएको नदेखिएको । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1728वि.सं. २०४०संयुक्त इजलास

उखुबालीको क्षतिपुर्ति दिलाई पाउँ

(१) सिफारिश अनुसार कर्जा पाएकै नाताबाट उक्त जमीनमा लगाएको उखु स्पष्ट शर्तको अभावमा मोरङ सुगर मिल्सले लिनै पर्छ भन्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1727वि.सं. २०४०संयुक्त इजलास

ज्यान कर्तव्य

(१) अभियुक्तहरूले कर्तव्य गरेकै हो भन्ने अरू तथ्ययुक्त आधार मिसिल प्रमाणबाट देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ३०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1726वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) निष्काशन नहुनेको कारण भन्न नसकिने, कारण दिँदा न्यायोचित तर्कसड्डत र कार्य कारण सम्बन्ध स्थापित हुनसक्ने कारण हुनुपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1725वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गा खरीद गरेको भन्ने कुरा प्रत्यर्थी भूमिसुधार अधिकारी समक्ष आउन सकेको देखिँदैन । यस्तो अवस्थामा निवेदकलाई नबुझेको भनी दोष लगाउन सकिने स्थिति नहुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →