सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६८ / ४४०

नि.नं. 1723वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) नि.से.नि., २०२१ को नियम १०.१४(२) ले व्यवस्था गरे अनुसार रिट निवेदकसँग स्पष्टीकरण नलिई निवेदकलाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.१(६) अनुसार सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट बरखास्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1722वि.सं. २०४०संयुक्त इजलास

लिखत बदर

(१) बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1721वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) उखडा फाराम भरेको नदेखिएको भन्दै मोही प्रमाणपत्र समेत पाइसकेको भन्ने आधारमा मोही बदर गर्नु परेन भनी गरेको निर्णय त्रुटिपूर्ण छ भन्न नसकिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1720वि.सं. २०४०संयुक्त इजलास

लिखत बदर

(१) पितापूर्खाको पालाको होइन, निजको निजी आर्जनको हो भन्ने कुराको तथ्ययुक्त आधार प्रमाण दिनसकेको देखिँदैन । यस्तो अवस्थामा लिखत बदर हुनु नपर्ने भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1719वि.सं. २०४०संयुक्त इजलास

लिखत पारित जालसाजी

(१) जालसाजी भनी बयान गर्ने प्रतिवादीले तारेख गुजारे पनि अ.बं.१८५ क.नं.को दहाय १ बमोजिम सबूत प्रमाण बुझी त्यसतर्फ ठहर गरी सो ठहरलाई प्रमाण लगाई वादी दावीको लिखत पारित हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1718वि.सं. २०४०संयुक्त इजलास

कीर्ते जालसाजी

(१) जिल्ला अदालतको अन्तिम फैसलाबाट पारित भई कायम रहेको लिखतलाई प्रस्तुत कीर्ते जालसाजीको दावीबाट बदर हुने स्थिति समेत नभएको । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1717वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) न्यायिक निर्णय गर्नुपर्ने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1716वि.सं. २०४०

लिखत बदर

(१) वादी दावीको लिखत पारित हुँदाका अवस्था वादीको उमेर २१ वर्ष नाघेको भन्ने देखिँदैन, यस्तोमा निजको मञ्जूरी लिनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1715वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) दर्ताको जग्गा हो भन्ने कुराको सबूत प्रमाण पुर्‍याई अदालतबाट हक कायम गराउने विषय भएको र रिट क्षेत्रबाट सबूत प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1714वि.सं. २०४०संयुक्त इजलास

जग्गा

(१) रैकर हो वा गुठी हो, हक बेहकमा नालिस दिन ३५ दिन भित्र अदालतमा जानु भनी परेको फैसला बमोजिम मयाद भित्र नालेस नपरी हद म्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय सदर हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1713वि.सं. २०४०संयुक्त इजलास

जालसाजी

(१) आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1712वि.सं. २०४०संयुक्त इजलास

जालसाजी

(१) लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1711वि.सं. २०४०संयुक्त इजलास

जग्गा खिचोला

(१) हक बेहक गर्ने काम बाँकी छँदै बीचमा राजीनामा लिएको देखिएकोले विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिने अधिकार नपुग्ने गरी दिएको राजीनामाबाटै मेरो हक हुनआएको भन्न वादी दावी पुग्ने नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1710वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रकृया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने। (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1709वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकको हकको पाताल जग्गा हो वा गुठीको जग्गा हो त्यो विषय अदालतबाट निर्णय हुने विषय भएको । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1708वि.सं. २०४०पूर्ण इजलास

आय कर

(१) कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1707वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) अन्य कानुनी बाटो अवलम्बन गरी सकेकीलाई संविधानको धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्रको प्रयोग गरी यस अदालतले मद्दत गर्न नमिल्ने । (प्रकरण नं. २७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1706वि.सं. २०४०संयुक्त इजलास

दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

(१) वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिमको सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1705वि.सं. २०४०संयुक्त इजलास

अंश

(१) वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1704वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निवेदकहरू जग्गाधनी भएको जग्गामा मोहीको प्रमाणपूर्जा बनाई दिने निर्णय गर्नु अघि जग्गाधनीलाई बुझी निजको कुरामा समेत ध्यान दिई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1703वि.सं. २०४०संयुक्त इजलास

मिलापत्र बदर

(१) बकसपत्र पारित भई वादीको हकमा असर पर्ने भए लिखत उपर उजूर परेका बखत कानुन (३७३) बमोजिम हुने हुनाले समेत मिलापत्र बदर गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने भनी इन्साफ सदर गरी अ.बं.८६ नं.को विपरीत हुने गरी गरेको फैसला मिलेको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1702वि.सं. २०४०संयुक्त इजलास

आयकर (०३३–०३४)

(१) तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई १४,०००००। चौध लाखको सुर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको नदेखिने । खुद आए नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1701वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मालपोत कार्यालय ललितपुरको पत्रबाट रिट निवेदकको भनाई अनुसार दर्ता भइसकेको भन्ने जिकिर तथ्यरहित देखिन आयो, यस्तोमा प्रत्यर्थी भू.सु.शाखा भक्तपुरले कूत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने दावी खारेज गर्ने गरेको निर्णयमा कानुनी त्रुटि छ भन्न नसकिने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1700वि.सं. २०४०संयुक्त इजलास

लेनदेन

(१) वादी दावीको रूपैयाँ लिएको कुरामा प्रतिवादीको मञ्जूरी भन्न सकिने अवस्था नहुँदा लेनदेन व्यवहारको ८ नं.विपरीत भन्न नमिल्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →