सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६९ / ४४०

नि.नं. 1699वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कुन कित्ता जग्गाको उकास भएको हो त्यसको निरोपण नगरी प्रत्यर्थीले पेश गरेको बाली बुझाएको भरपाई अ.बं.७८ नं.अनुसारको प्रकृया नगरी सो भरपाईलाई समेत प्रमाण लगाई भूमिसुधारले वादी दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1698वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निवेदक समेतको हक लाग्ने जग्गा कसैले एकलौटी दर्ता गराएको भए आफ्नो हकको सबूत प्रमाण देखाई अदालतबाट आफ्नो हक कायम गराउनु पर्ने । (प्रकरण नं. ९) (२) असाधारण अधिकारको प्रयोग गरी निवेदन जिकिर अनुसार हक कायम गराउन रिट क्षेत्रबाट मिल्ने अवस्था नहुने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1697वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) नि.से.नि., २०२१ को नियम १०.१० ले गरेको बाध्यात्मक व्यवस्थाको परिपूर्ति नै नगरी निवेदकलाई भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी नोकरीबाट हटाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1696वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) ऋण सुगमतासाथ असूल हुने लिष्टबाट सबै धितो लिलाम बढाबढ भएकोले लिलाम त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1695वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निर्धारित गरेको पूर्वावस्थाको अभावमा गाउँ पञ्चायत बैठकबाट जग्गा निष्काशन फिर्ता गर्न नमिल्ने भनी गरेको निर्णय उपरको पुनरावेदन लिई भू.सु.शाखाले जोताहाको नाम कट्टा गरी जग्गा धनीका नाममा जोत कायम गर्ने गरी गरेको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि गरी अनधिकृत न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1694वि.सं. २०४०संयुक्त इजलास

ज्यान

(१) प्रहरीमा गरेको साविती बयान समेतको आधारमा निजले कसूर गरेको ठहर्‍याई गरेको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1693वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अस्थायी ३ महीने म्याद नोकरी मात्रै जिल्ला शिक्षा कार्यालय पर्सामा गरेको भन्ने रिट निवेदन लेखाईबाट देखिएको हुँदा नियम विपरीत काम गरेको ठहराई निवेदकलाई बरखास्त गर्ने गरेको (३४०) वीरगञ्ज चिनी कारखाना लि.को निर्णय कानुन बमोजिमको नै देखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1692वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नक्सा बमोजिमको बनाइने घरले चर्चेको जग्गा सम्बन्धमा विवादको निरोपण नगरेको हुँदा तेरो मेरोमा प्रवेश गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1691वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन संशोधन सहित २०१६ को दफा ५१ को तात्पर्यको लागि निवेदकलाई दिइने पहिलो पटकको नसिहद मान्न नमिल्ने हुँदा सो नभए सम्मलाई निजलाई सोझै बरखास्त गर्ने गरेको नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1690वि.सं. २०४०संयुक्त इजलास

लेनदेन

(१) थपी लेखिएको लिपीहरूको मसी लिखत व्यहोराको समुचा लिपिहरूको मसीको तुलनामा फरक छ भनी विस्तृत विवरण दिएको देखिन्छ, विशेषज्ञको उक्त कारणहरू लिखत हेर्दा पनि मिलेको नै देखिएकोले लिखतलाई कीर्ते ठहर्‍याएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1689वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) यथार्थमा निर्णय हुनुभन्दा अगावै निवेदकहरूलाई राजीनामा गरी सकेको जग्गा निवेदकहरूबाट झिक्दा हक बेहकमा निर्णय गरेको भन्नु परी जग्गा नाप जाँच ऐन, २०१९ को संशोधन सहितको दफा ८(३) ले नापी गोश्वारालाई अधिकार छ भनी भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1688वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सम्बन्धित जग्गाधनी र निवेदकहरूका बीचमा कबुलीयतको अभावमा अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम निर्णय गरेको हुँदा आदेश जारी गर्न नपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1687वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) त्रिभुवन विश्वविद्यालय नियमहरू (संशोधन सहित) को परिच्छेद २३ को छात्रहरूको आचरण संहिताको नियम २३ बमोजिम निवेदकहरू उपर का.मु.डिनले जरिवाना गर्ने गरेको कारवाई कानुन बमोजिमको अधिकार भित्र रही गरेको देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1686वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको र परमादेश मिश्रित आदेश जारी गरिपाउँ

(१) हक स्वामित्वमा नै विवाद परेको देखिए पछि जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम चित्त नबुझे अदालतमा जानु भनी विपक्षीलाई सुनाउनु पर्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1685वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) २०३८ साल भन्दा अघि पनि कूत विषयमा विवाद उत्पन्न भएको कुरा निवेदकले आफ्नो रिट निवेदनमा स्वीकार गरेको समेत देखिएबाट कूत नबुझी जग्गाधनीले कचकच गरेको समेत नभई मोहीले नै दुःख दिने गरेको भन्ने समेत उल्लेख भएको देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1684वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीको प्रमाणपत्रमा मिति नै उल्लेख नभएबाट उक्त प्रमाणपत्र गैरकानुनी तथा बिनाआधार कुनै निर्णय बेगरको देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1683वि.सं. २०४०पूर्ण इजलास

ज्यान

(१) कर्तव्य ज्यान जाने किसिमको थिएन भन्ने कुराको मृतकले सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत कारवाई चलाउन दिएको दरखास्तबाट स्पष्ट हुने । (प्रकरण नं. २२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1682वि.सं. २०४०पूर्ण इजलास

करार बमोजिम लिखत पास गरिपाउँ

(१) विवादित लिखतको अवलोकन गरी सो लिखतमा करारका मूलभूत तत्वहरू समाविष्ट देखिएमा (मुल कितावमा नदेखिएमा भन्ने लेखिए पनि सम्बन्धित प्रकरणमा देखिएमा नै लेखिएको छ – संपादक) त्यसलाई करारको लिखत मान्नु पर्ने र नभएमा नमान्नु पर्ने । (प्रकरण नं. १४) (२) बैना भनेको घर जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1680वि.सं. २०४०संयुक्त इजलास

लेनदेन

(१) ऐनले नै झगडाको निर्णय गर्ने माध्यम मध्यस्थलाई नै तोकेको छ भने सोही माध्यमबाट निर्णय हुनुपर्ने कुरामा विवाद रहनसक्ने स्थिति नहुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1679वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) कानुनमा अन्य उपचारको व्यवस्था नगरेको भएमा मात्र नेपालको संविधानको धारा ७१ अनुसार यस अदालतको असाधारण अधिकारक्षेत्र प्रयोग हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1678वि.सं. २०४०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) श्री ५ को सरकारलाई मुद्दा हेर्ने, सुन्ने, सजाय गर्ने समेतको अधिकार भएको देखिएकोले अधिकार नभएको जिल्ला अदालतको आदेशले निवेदिका थुनामा रहेको गैरकानुनी देखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1677वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) राजगुठीमा परिणत भइसकेकोले गुठीको सम्पूर्ण अधिकार संस्थानमा सरेको हुँदा सो जग्गाको मोहीको वन्दोबस्त गर्ने अधिकार पनि गुठी संस्थानलाई मात्र हुने । संस्थान अधिनस्थ जग्गामा मोही कायम गर्दा संस्थानलाई बुझ्नुपर्नेमा सो नगरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1676वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) कार्यालयमा हाजिर हुन जान सूचित गरिन्छ भन्दै अन्यथा निगमको नियम बमोजिम कारवाही गरिनेछ भन्ने सूचना समेत गोरखापत्रमा प्रकाशित भएकोले निवेदकलाई प्राकृतिक न्याय सिद्धान्तको विपरीत सूचना बेगर नै नोकरीबाट हटाएको भन्न नमिल्ने। (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →