सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७० / ४४०

नि.नं. 1675वि.सं. २०४०संयुक्त इजलास

खिचोला मिटाई पाउँ

(१) वादीको पाताल जग्गा र सोमा रहेको किलास समेत ८ फुट ९ इन्च वादीको हुनुपर्ने हुँदा झगडा जनिएको न.नं. ५ मा पश्चिमतर्फबाट २ इन्च वादीको हुने र बाँकी १ फुटमा वादी दावी नपुग्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1674वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ भन्ने दावी भएकोमा भू.सं.ऐन, ०२१ को दफा २९(३) अनुसार बालीसम्म भराई दिने र जग्गाबाट भने निष्काशन नहुने भनी गरेको निर्णयमा कुनै उचित कानुनी आधार प्रमाण तथा मनासिव कारण समेतको अभावमा प्रतिपादित सिद्धान्तको विपरीत निर्णय गरेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1673वि.सं. २०४०संयुक्त इजलास

अंश

(१) वादीको लोग्नेले आफ्नो नामको जग्गा विभिन्न मितिमा बिक्री समेत गरेको देखिन आएकोले वादी र प्रतिवादीका बीचमा अघि नै अंशबण्डा भइसकेको मान्नु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1672वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) हक बेहकको प्रश्न उपस्थित भएमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिले माथिल्लो तल्लामा बसुन्जेलसम्म बस्न दिने व्यहोरा जनाई उक्त कित्ता…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1671वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) रीतपूर्वक कायम भइरहेको मोही लगत कट्टा गर्न भूमिसम्बन्धी ऐन, २०२१ मा वर्णित प्रकृयाद्वारा मात्र हुनसक्ने हुँदा सो बेगर कानुन बमोजिम कायम भइरहेको मोहीको लगत कट्टा गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १०) (२६२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1670वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५३ ले यस प्रकारको मुद्दामा विशेष अदालत ऐन अन्तर्गतको कार्यप्रणाली अपनाई न्यायिक मन प्रयोग गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1669वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गाधनीलाई बुझ्दै नबुझी आफ्नो कुरा भन्न पाउने मौकाबाट समेत वञ्चित गरी प्रत्यर्थी भूमिसुधार कार्यालयले रिट निवेदन जिकिर अनुसारको बढी जग्गामा सम्म मोही दर्ता गरी प्रमाणपत्र दिने भनी गरेको हदसम्मको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1668वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार प्राप्त निकायबाट नभएको मिलापत्रलाई कानुन बमोजिमको मिलापत्र भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1667वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) वादीले पाएको मोहियानी हकको प्रमाणपत्र कायम रहेसम्म प्रतिवादीले लिएको जिकिर कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1666वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निवेदकको जिकिरबाट हक बेहकको प्रश्न उपस्थित भएको देखिँदा समितिलाई निर्णय गर्ने अधिकार नभएको । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1665वि.सं. २०४०संयुक्त इजलास

जबरजस्ती करणी

(१) डाक्टरको उमेर जाँचको प्रतिवेदनमा निजहरूको उमेर १४ बर्षदेखि १७ बर्षको भनी उल्लेख गरेको छ र निश्चित यो उमेर भनी लेख्न नसकेको कारण निजहरू १६ बर्ष मुनी उमेरको देखिएकोले दण्डसजायको १ नं.मा उल्लेख भएबमोजिम सोह्र बर्षभन्दा कम उमेरका नावालकले कुनै अपराध गरेमा निजल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1663वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) ससुराको जग्गाको मोही भएको नाताले उक्त जग्गाको मोही सम्बन्धी हक मलाई प्राप्त हुनुपर्ने भन्ने जिकिर कानुनसंगत नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1662वि.सं. २०४०संयुक्त इजलास

जग्गा खिचोला मेटाई हक कायम गरिपाउँ

(१) जिल्ला अदालतको आदेश बमोजिम भएको सरजमीन अदालतबाट कारवाहीको सिलसिलामा गराइएको हुँदा यस्तो सरजमीनलाई प्रमाण ऐन, २०३१ को दफा १८ को परिधि भित्र पर्न आउँछ भन्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1661वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा ७ अनुसार निवेदकलाई विवादको कित्ताको जग्गाको सम्बन्धमा अदालतमा जानु भनी सुनाएको हुनुपर्ने । (प्रकरण नं. १०) (२२४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1660वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) यो जग्गामा यस किसिमले मेरो निर्विवाद हक स्थापित भइसकेको भनी रिट निवेदकले देखाउन नसकेको समेत हुँदा असाधारण अधिकारक्षेत्रबाट हक प्रचलन गर्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1659वि.सं. २०४०संयुक्त इजलास

नामसारी हक कायम

(१) भागभोग अनुसार जग्गा हामीले भोगी आई नापीमा सो भोग अनुसार नापी गराएको भन्ने वादीहरूको भनाई भएको र त्यस्तो नापी गराएतर्फ प्रतिवादीहरूको कुनै उजूर पनि नदेखिँदा आफ्ना हक हुन आई दाखिला खारेज गर्नुपर्ने भएकोमा जग्गा पजनीको २क. नं.अनुसार नाउँसारी दाखिला खारेज हुनस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1658वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गाधनी दर्तावाला रिट निवेदकलाई कानुन बमोजिम बुझ्दै नबुझी आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी विपक्षी भूमिसुधार कार्यालय सुनसरीबाट रिट निवेदकहरूको जग्गामा सम्म मोहीको स्थायी निस्सा दिने गरी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1657वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) पहिलो स्पष्टीकरण मागिएको पत्रमा आरोप कुन कुरा र कारणमा आधारित छ स्पष्ट नभएको र दोश्रो स्पष्टीकरण मागिएको पत्रमा प्रस्तावित सजायको उल्लेख नभएको साथै तेश्रो स्पष्टीकरण माग गर्ने कानुनी व्यवस्था भएको पनि नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1656वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) जिल्ला पञ्चायतले पठाएको कारणले विवादास्पद पोखरीको मुद्दा हेरी गाउँ पञ्चायतले निर्णय गरेको र त्यस उपरको पुनरावेदन जिल्ला पञ्चायतले हेरी निर्णय गरेकोमा हक बेहकको भई अधिकार बाहिरको हुन गई गाउँ पञ्चायतको निर्णय उल्टी गर्दा अ.बं.२०२ नं.को त्रुटि देखिने। (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1655वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) आफ्नो अधिकारको कुरामा ऐन नियमको प्रकृया अपनाई निर्णय गरिएको देखिँदा माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1654वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अदालतबाट मुद्दाको औचित्य भित्र प्रवेश गरी सफाई दिने निर्णय भएको नभई हदम्यादभित्र नालेस नपरेको कारणबाट मुद्दा चल्न नसक्ने भनी निर्णय भएको देखिन्छ यस्तोमा विभागीय कारवाई गर्न पाउने होइन भनी निर्णय गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) रिट निवेदक उपर जुन कुराको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1653वि.सं. २०४०पूर्ण इजलास

जग्गा दर्ता

(१) नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले व्यवस्था गरे अनुसार खारेज भएको कुनै ऐन बमोजिम पाएको, हासिल गरेको वा कुनै हक, सुविधा, कर्तव्य वा दायित्वमा असर पार्न सक्ने देखिन्न । (प्रकरण नं. १५) (२) पक्ष विपक्षको बीचमा भएको शर्तनामा कुनै कानुनको विर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1652वि.सं. २०४०संयुक्त इजलास

लिखत पास

(१) राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →