उत्प्रेषण
(१) न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) अनुसार न.पं.ले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने मालको कर उठाउन पाउने अधिकार नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७१ / ४४०
(१) न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७(१) अनुसार न.पं.ले आफ्नो क्षेत्र बाहिर बिक्री गर्ने मालको कर उठाउन पाउने अधिकार नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) रगत जाँचको अभावमा पटुकामा लागेको रगत कर्तव्यबाट मारिएको भनिएको मर्नेको रगत भन्न नमिल्ने । (प्रकरण नं. २७)
नजिर सार पढ्नुहोस् →(१) लेखक साक्षीलाई अदालतबाट बोलाएकोमा निज उपस्थित नभएकै कारणले व्यवहार सद्दे रहेनछ भनी निष्कर्षमा पुग्ने स्थिति नहुने । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →(१) बढुवाको प्रतिशत कायम हुनुभन्दा अघिबाट सरुवा भई आफ्नो पदमा रहिरहेको बढुवा त्रुटिपूर्ण छ भन्ने निवेदन जिकिर साररहित देखिएकोले निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) निज सो सँधियार नभई म हुँ भनी रिट निवेदिकाले उजूर गरेकोमा सँधियार को हो भनी यकिन गर्ने अधिकार नगरपञ्चायतलाई नभएको । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) अदालती बन्दोबस्तको ३५ नम्बर बमोजिम मुद्दा हेर्ने तथा निर्णय गर्ने निकाय नै अनधिकृत ठहरेकोमा परमादेशको आदेश जारी गर्ने अवस्था नदेखिने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →(१) राजीनामाको आधारमा दाखिल खारेज गरी तिरोभरो समेत गरी आएको कुरा प्रतिवादीहरूले स्वीकार गरेको स्थितिमा वादीलाई नालिस गर्न अ.बं.८२ नं.ले हकदैया प्राप्त भएकै देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) मानो छुट्टिएको मितिभन्दा पछि राजीनामाबाट आर्जन गरेको सम्पत्तिमा अंश हक लाग्नसक्ने कानुनी व्यवस्था नदेखिएबाट दपोट नठहर्याएको इन्साफ मनासिव हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) अ.बं.११८(१८) आकृष्ट हुनको लागि अभियुक्त आफू उपर लागेको कसूरमा सावित हुनुपर्ने । प्रहरी तथा अदालत दुवै ठाउँमा इन्कारी बयान दिएको देखिएकोले अ.बं.११८(१८) नं.को आधारमा निज अभियुक्तसँग जरिवाना कैद वा बिगो बापत धरौट माग्ने स्थिति देखा नपर्ने । अदालतले त्रुटिपूर्…
नजिर सार पढ्नुहोस् →(१) अनुसन्धानको लागि ३ महीना भन्दा बढी थुनामा राख्न कुनै पनि कानुनले अधिकार प्रदान गरेको छैन चार महीना पच्चीस दिन थुनुवा रहेको हुनाले ३ महीनाभन्दा बढी थुन्न नपाउने हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) भूलसुधार गर्न संयुक्त दरखास्त दिए पनि एकपटक निर्णय भइसकेको कुरामा तथ्य नै फरक हुने गरी भूलसुधार हुनसक्ने स्थिति नपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) कर कार्यालयको निर्णय पूर्णतया हचुवा भई राजस्व न्यायाधीकरणबाट अन्तिम निर्णय भएको विपरीत कुनै निर्णय गर्ने अधिकार कर कार्यालयलाई नहुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) लिखतको व्यहोरा अन्य अंक अक्षर अर्को फरक गरी भिन्न–भिन्न अवस्था र समयमा भिन्न–भिन्न मसीले भिन्न–भिन्न लिपि टाँकामा लेखिएको देखिन्छ । वादी दावी बमोजिम सद्दे व्यवहारबाट लेखिएको भए उक्त लिखतको रूप, प्रकृति र अवस्था त्यस किसिमको देखिन नआउने। (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) जसले जबरजस्ती अनधिकृत रूपमा कागज गरायो भन्ने निवेदकको दावी छ उसैले सो कुरामा इन्कार रही लिखितजवाफ दिन्छ भने सो कागजको अस्तित्व छ भन्न मिल्ने कुरा नदेखिने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) अघि नै आफ्नो अंश लिई भिन्न भएकाहरूले अंश पाउँ भन्न मिल्ने नदेखिँदा अंश पाउँ भन्ने दावी पुग्न नसक्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) वादी अंशियार हो भन्ने कुरामा विवाद नभएको र वादीले अंश पाइसकेको भन्ने कुराको प्रमाण प्रतिवादीले गुजार्न नसक्नुको अतिरिक्त मिसिल सामेल रहेको नेपाली दुःख निवारण कल्याण कोष, ल्हासाको मिति २०३६।३।१४ र चिन स्वशासित प्रदेश तिब्वतको (साविक पेज नं. ९८) परराष्ट्र मन…
नजिर सार पढ्नुहोस् →(१) जिल्ला शिक्षा अधिकारीलाई अवकास दिने अधिकार नहुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) मिल्न नचाहने व्यक्तिलाई कार्यालयमा उपस्थित गराई मिलापत्र गराउने कानुनले अधिकार दिएको नपाइने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) वारदातको दिन प्रतिवादीले आफू अन्यत्र छु भनी करणी गरेको र मारेको होइन भनी अदालतमा इन्कारी भए तापनि वारदातको दिन अन्यत्र भएको कुरा प्रमाणित हुनआएको छैन । यस्तो अवस्थामा प्र.लाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याएको मनासिव ठहर्ने ।…
नजिर सार पढ्नुहोस् →(१) उल्टी हुने ठहरी निर्णय भएको प्रस्तुत मुद्दामा पनि सोही विवादास्पद जग्गाको बाली विषयलाई लिएर बागमती अञ्चल अदालतबाट निर्णय भएको देखिएकोले उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गर्ने गरेको डिभिजनबेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) निर्णयबाट मोही कायम नभई ऋण रकम निश्चित भएको सम्म देखिनाले रहेको मोहीको लगत कानुन बमोजिम कट्टा हुनुपर्छ भन्ने स्थित नरहने । (प्रकरण नं. १७) (२) आसामीले थैली फिर्ता बुझाएपछि बन्धकी सम्पत्तिमा कुनै अधिकार नै कायम नरहने बन्धकी साहुले सो बमोजिम थैली फिर्ता भइसक…
नजिर सार पढ्नुहोस् →(१) निवेदकले आय विवरण दाखिल पनि नगरेको, कर अधिकृत समक्ष आय व्ययको लेखा पेश गरे भएको पनि देखिन नआएको, फुलबेञ्चबाट इन्साफ जाँच गरिपाउँ भनी श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा मेरो लेखालाई अमान्य घोषित गर्न निमित्त कुनै पर्चा खडा भएको छैन । ले…
नजिर सार पढ्नुहोस् →(१) भइसकेको, गरिसकेको कुरामा सार्वजनिक सुरक्षा ऐन, ०१८ को प्रयोग हुनसक्ने नदेखिने। (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) सरजमीनको भनाई र बकपत्र समेत परस्पर बाझिएकोले यस्तो बकाइको आधारमा दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →