सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७२ / ४४०

नि.नं. 1626वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण लगायत आज्ञा, आदेश जारी गरिपाउँ

(१) कानुनले अनिवार्य गरेको कबुलीयतको अभावमा भू.सु.अधिकारीले मोही दर्ता गरी प्रमाण–पत्र तयार गरी दिने ठहराई गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1625वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) पहिले परेको निवेदनमा निर्णय गर्न बाँकी राखी पछि परेको निवेदनबाट जग्गाधनी प्रमाणपूर्जा दिने गरेको भूमिप्रशासनको निणर्य त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1624वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) सजायको आदेश उपर पुनरावेदन गर्न पाउने अन्य उपचार भएकै देखिँदा रिटको माग बमोजिमको आदेश जारी गर्नु नपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1623वि.सं. २०४०संयुक्त इजलास

डाँका

(१) जाहेरी दरखास्त र पहिलो प्रहरी प्रतिवेदनमा समेत प्रतिवादीहरूको नाम उल्लेख गर्न नसकेकोले सफाई पाउने ठहर्छ । (प्रकरण नं. ३०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1622वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ ले श्री ५ को सरकारको स्वामित्व भएको जग्गा र शिक्षण संस्थाहरूको भोगचलनमा रहेको जग्गामा भिन्नता दर्शाएको । (प्रकरण नं. ११) (२) भू.सं.ऐन, २०२१ को दफा २५ को उपदफा (५) मा सार्वजनिक सम्पत्तिमा मोहियानी हक लाग्दैन भनी लेखेको नपाइने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1621वि.सं. २०४०पूर्ण इजलास

करकाप

(१) साक्षीले देखेको कुरा नभनी सुनेका कुरा लेखिदिएकोले त्यस्तो सुनेको कुरा प्रमाण योग्य नहुने । (प्रकरण नं. २४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1620वि.सं. २०४०पूर्ण इजलास

जग्गा खिचोला

(१) मिलापत्रको विवाद समाप्त भइसकेको स्थितिमा सद्दे कीर्तेतर्फ निर्णय गर्नुपर्ने भनी मध्यमाञ्चल क्षेत्रीयअदालतको फैसलालाई सदर गर्ने गरी डिभिजनबेञ्चबाट भएको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1619वि.सं. २०४०संयुक्त इजलास

कर्तव्य ज्यान

(१) वारदातमा प्रयोग गरिएको हतियार प्र.ले गरेको कागज अनुसार बरामद हुनआएको साथै सरजमीनले मौकामा र अदालतमा आई किटानी गरी बकपत्र गरेको समेतबाट प्रतिवादीहरू निर्दोष छन् भन्न नसकिने । (प्रकरण नं. २५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1617वि.सं. २०४०संयुक्त इजलास

लिखत बदर

(१) तिरो तिरान भई सगोलमा भोगी चर्ची आएको सम्पत्ति निजी आर्जनको भन्न मिलेन । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1616वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण लगायत आदेश पूर्जि जारी गरिपाउँ

(१) अदालतबाट हक बेहक छुट्याई आउनु भनी नसुनाई नगरपञ्चायतले नक्सा बमोजिम ढोका पर्खाल बनाउन पाउने ठहर्छ भनी गरेको फैसला कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1615वि.सं. २०४०संयुक्त इजलास

ज्यान जातक

(१) बच्चाले स्याहार सुसार पाई सकी दुई दिन पछि मरेको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने अवस्था रहेन । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1614वि.सं. २०४०संयुक्त इजलास

डाँका

(१) जाहेरी दरखास्त र सरजमीनको लेखाईबाट समेत चारजना भन्दा बढीको जमात भई वारदात गरेको देखिन आएकोले डाँका वारदात कायम गर्न नमिल्ने भन्ने जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1612वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) पिताको मृत्यु भएपछि मोहियानीको प्रमाणपत्र पाउँ भनी निवेदन भएकोमा विवादको जग्गा मोही भई कमाई आएको थियो थिएन, कमाई आएको थियो भने निजपछि सो हक कसलाई प्राप्त हुने हो, तत्सम्बन्धी कानुनबमोजिम सबूत प्रमाण बुझी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1611वि.सं. २०३९संयुक्त इजलास

अंश अपुताली

(१) अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी गरेको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1610वि.सं. २०३९पूर्ण इजलास

लिखत बदर

(१) विवादका जग्गाहरु बण्डा नहुँदै दिने लिने गरी लिखत पारित भएको देखिएकोले बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1609वि.सं. २०३९पूर्ण इजलास

अंश

(१) प्रतिवादीका पुर्खा बाजेले बकस दिएको जग्गा मैले भोग गरी आएको छु भनी लेखिदिएकोबाट खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएका (लक्ष्मीनारायणको–संयोजक) भनाइबाट वादी अंशियार रहेछ भन्ने देखिने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1608वि.सं. २०३९संयुक्त इजलास

।

(१) मूल दावी नै संशोधन गरी सो संशोधित दावीको आधारमा भू.सु.का.सिराहाले मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1607वि.सं. २०३९संयुक्त इजलास

उत्प्रेषण

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(१) अनुसारको कबुलियतको अभावमा मोहियानी हक कायम हुन नसक्ने । (२) सर्जमिनको भनाई र बाली बुझाएको भरपाई मात्रको आधारमा मोही कायम गरेको भू.सु.का.को निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१) को त्रुटि भएको देखिने । (प्रकरण नं. ९…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1606वि.सं. २०३९संयुक्त इजलास

उत्प्रेषण

(१) नेपाली नागरिक नै नभएको अवस्थामा मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1605वि.सं. २०३९संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

(१) राजीनामा पारीत गरी खरीद गरी लिएको भन्ने कुरा निर्णय हुनु अगावै दाखिल खारेज गरी पाउँ भन्ने परेको निवेदनबाट देखिएपछि रिट निवेदकलाई बुझी निजको भनाइलाई समेत बिचार गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →