प्रतिषेध वा उपर्यूक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।
(१) रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २७ (१) को कुरामा मुलुकी ऐन बाँकी नतिर्नेको ६ नं.को ऐन लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३७३ / ४४०
(१) रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० को दफा २७ (१) को कुरामा मुलुकी ऐन बाँकी नतिर्नेको ६ नं.को ऐन लाग्न नसक्ने भन्न नमिल्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) तजबिजी अधिकार भए तापनि न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नु पर्ने । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नु पर्ने । (प्रकरण नं. १०)…
नजिर सार पढ्नुहोस् →(१) अलग अलग भई अंश लिई मानो छुट्टि बेगल भई बसेकोले मुलुकी ऐन अंशबण्डाको १८ तथा ३० नं.ले व्यवस्था गरे अनुसार प्रतिवादीबाट वादीलाई अंशमा दावा गर्ने हक पुग्न र प्रतिवादीबाट अंश दिलाई दिनुपर्छ भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) सुरु भूमिसुधार कार्यालयमा लिन नसकेको जिकिरलाई रिट क्षेत्रमा आएर विचार गर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) एउटा निश्चित पूर्वावस्थाको विद्यमानतामा प्रयोग गर्न सकिने अधिकारलाई हक बेहक समेतको प्रश्न समावेश भएको सो भन्दा एकदमै भिन्नै कुरामा प्रयोग गरेकोलाई अधिकार नाघी निर्णय गरेको भन्नु पर्ने हुन्छ । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी डिसमिस फैसला भैसकेको कुरामा अब फेरि सोही जग्गामा खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन। (प्रकरण नं. २७)
नजिर सार पढ्नुहोस् →(१) कुनै सबूत प्रमाण नखुलाई आधार समेत नदेखाई गरेको निर्णयलाई न्यायिक मन प्रयोग गरी निर्णय गरेको भन्न सकिने अवस्था रहँदैन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) छोरा पाएको कारणले सो छोरा पाउने सम्बन्धको विषयमा पनि वादीलाई अघि नै थाहा थियो भनी अनुमान गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) भूमिसुधार शाखाले सरजमिनको आधारमा भू.सं.ऐन, २०२१ को दफा २५ (२) अन्तर्गत मोही कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) प्रतिवाद नगरेपछि मिसिल साथ रहेका प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को संशोधन सहितको दफा ५ (३) बमोजिम चित्त नबुझ्नेको पुनरावेदन सुन्ने अञ्चल अदालतमा उजुर लाग्न सक्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) एक महिनाको तलब दिने गरी निवेदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →(१) वादी प्रतिवादी भई चलेको मुद्दामा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मस्तिष्कको प्रयोग गरी आफैंले निर्णय गर्नु पर्नेमा सो केही नगरी भूमिसुधार कार्यालयका कर्मचारीहरुले तथ्यको विवेचना गर्दै टिप्पणी पेश गरेकोमा सो टिप्पणीलाई नै भूमिसुधार अधिकारीले सदर गरेको द…
नजिर सार पढ्नुहोस् →(१) जग्गा दर्ता तिरोको लगत कसिएको छ छैन, सम्बन्धित कार्यालय नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →(१) अ.बं.२०८ नं.बमोजिमको दरपिठमा उजुर परी अ.बं.१७ नं.बमोजिम कैफियत तलब समेत गरी अधिकार प्राप्त पुनरावेदन सुन्ने अदालतले दिएको आदेशलाई कानूनी त्रुटि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) अंश भई सकेको भन्न केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भई रहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम अचल सम्पत्तिको हक हिस्सा पाउने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) जुन कुरामा प्रतिवादी छैन त्यस्तो कुरामा अदालत स्वयंले तर्क उठाउने अवस्था हुँदैन। (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो अंश जग्गा समेत बण्डा गरी घरसारमै लिई दिई गरेको देखिन आएकोले प्रचलित मुलुकी ऐन अंशबण्डाको ३० नं.अनुरुप प्रतिवादीबाट अंश दिलाई पाउँ भनी गरेको वादी दावी नपुग्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्याई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने । (प्रकरण नं. १०) उल्लिखित मुद्दा : वादी द्वारीकानाथ श्रेष्ठ विरुद्ध चिनीमाया श्रेष्ठनी भएको सम्वत् २०३७ सालको दे.फु.नं. ३५…
नजिर सार पढ्नुहोस् →(१) पक्षले आफ्नो हित विरुद्व कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) रा.दु.वि.क्षेत्रको जमीन विक्री वितरण कमिशनको फैसलाबाट हकदैया टुटिसकेका निवदकहरुलाई बुझ्नु पर्ने कुनै औचित्य नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) निवेदकको निवेदन परेको देखिएपछि दा.खा.गर्ने निर्णय गर्नु भन्दा पहिले निवेदकलाई समेत बुझी आफ्नो कुरा भन्ने मौका दिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →(१) आफ्नो आफ्नो अंश भागको भनी जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतका अभावमा सगोलमा रहे बसेको भन्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) एकासगोल रहेकै बखत फिल्डबुकमा मोही जनाएकोलाई कानून बमोजिम नै मानी मोहीको लगत कट्टा गर्न नमिल्ने ठहराएको भू.सु.अ.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →