नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1682 · वि.सं. २०४०

नि.नं. 1682 — करार बमोजिम लिखत पास गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादित लिखतको अवलोकन गरी सो लिखतमा करारका मूलभूत तत्वहरू समाविष्ट देखिएमा (मुल कितावमा नदेखिएमा भन्ने लेखिए पनि सम्बन्धित प्रकरणमा देखिएमा नै लेखिएको छ – संपादक) त्यसलाई करारको लिखत मान्नु पर्ने र नभएमा नमान्नु पर्ने । (प्रकरण नं. १४) (२) बैना भनेको घर जग्गा लिने दिने शर्तको पूर्वरूप अर्थात किनबेचको शर्त पक्का गर्न दिइने रकमलाई भनिने हुनाले बैना बोली पर्दैमा शर्तनामा होइन भन्नु तर्कसंगत हुँदैन । (प्रकरण नं. १४) (३) लिखतमा करारनामा भन्ने बोली नपरी बैनापत्र बोली परेको भए पनि करार सम्बन्धी ऐन, २०२३ को व्यवस्था अनुसार करारका मूलभूत तत्वहरू विद्यमान भएको हुँदा करारनामाको कागज ठहर्ने । (प्रकरण नं. १४) (४) कुनै लिखतलाई सद्दे, कीर्ते वा जालसाजी भनी पक्षले बयान नगरेपछि त्यसको सत्यासत्यको निरोपण गरी रहनु पर्ने अवस्था नपर्ने । (प्रकरण नं. १५) (५) लिखतमा कारणीको रेखात्मक, लेखात्मक सहिछापको अलावा प्रतिवादीका छोरा र बुहारी समेत साक्षी बसेको हुँदा त्यसतो लिखतलाई झुक्याई गरेको सम्झन मिल्ने पनि नदेखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.1682
मुद्दाको विषयकरार बमोजिम लिखत पास गरिपाउँ
निर्णय वर्ष / मिति2040/07/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय भई ०३९।६।२८ मा रायबाझी फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंहको राय मनासिव ठहर्छ । पुनरावेदीकातर्फबाट कोर्टफी दाखिल भएको हुँदा केही गरिरहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४०, नि.नं. 1682
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्