सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६५ / ४४०

नि.नं. 1796वि.सं. २०४०संयुक्त इजलास

ज्यान

(१) दाँतमा सुन जडान भएको देखिएकोबाट सो दाँत पदमनारायणकै हो भन्ने निष्कर्षमा पुग्न मनासिव नहुने । (प्रकरण नं. ३६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1795वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) जोताहा अस्थायी निस्साको आधारमा जग्गामा मोहियानी हकको दावी गर्न मिल्ने नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1794वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) मोहियानी हक कायम गरिपाउँ भन्ने दावी नभई त्यस कुराको निर्णय गर्नुपर्ने अवस्था नभए पछि मोही कायम हुने प्रमाण समेत ऐनबमोजिम पेश गर्न नसकी भन्ने अप्रासांगिक वाक्यांश सो निर्णयमा बढी लेखिएको देखिएको छ, सो बढी लेखिएको वाक्यांश सम्म उत्प्रेषणको आदेशद्वारा बदर हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1793वि.सं. २०४०संयुक्त इजलास

कर्तव्य ज्यान

(१) पोष्टमार्टम लासजाँच मुचुल्का हेर्दा पनि कैयौं ठाउँमा हिर्काएको र घाउ चोट देखिन आएको समेतबाट प्रहरीमा गरेको बयान समर्थित हुनआएको देखिँदा शुरू जिल्ला अदालतले प्रतिवादीलाई ज्यानसम्बन्धीको १३ नम्बरको देहाय ३ बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1792वि.सं. २०४०संयुक्त इजलास

करकाप

(१) अंश मानाचामल मुद्दामा बयान गर्दा करकापतर्फ पनि दावी लिएको भनी करकाप मुद्दाको छुटै मिसिल खडा गरी कारवाही गरेको कानुन अनुरूप भनी भन्न मिलेन, बिन्तिपत्रमा दावी नभएको कुरामा अदालतबाटै विवाद सृजना गराई कारवाही गर्ने अधिकार अदालतलाई नहुने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1791वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) निजामती कर्मचारीहरूको बढुवा गर्दा सोही नियमावली बमोजिम गर्नुपर्नेमा सो नगरी लोकसेवा आयोगको पत्रको आधारमा टेष्ट पास बापत ८ अंक प्रदान गरी बढुवा गर्ने गरेको निर्णय र ०३८।११।१८ को संशोधित नियमावली प्रकाशन समेत निजामती सेवा नियमावली, २०२१ को नियम ३, ५(४)(क) को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1790वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) फैसला बदर गरिपाउँ भन्ने रिट निवेदन जिकिर नहुँदा उक्त फैसलाको वैधता सम्बन्धमा यसबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1789वि.सं. २०४०संयुक्त इजलास

परमादेश

(१) मालपोत कार्यालयको लिखितजवाफबाट कारवाही चलिरहेको र निर्णय भइसकेको नदेखिँदा यस्तो अवस्थामा निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1787वि.सं. २०४०संयुक्त इजलास

जग्गा खिचोला मेटाई घर उठाई चलन चलाई पाउँ

(१) अधिकारै नभएकाबाट गराई लिएको लिखतबाट प्रतिवादीहरूको विवादको कित्ता जग्गामा हकै नपुग्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1786वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) म्याद जालसाजी गरी तामेल गरेतर्फ जालसाजी मुद्दा विपक्षी उपर समेत कारवाही हुँदै रहेको रिट निवेदकको लेखाई समेतबाट देखिन्छ । अदालतको विचाराधीनमा समेत रहेकोले प्रस्तुत रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1785वि.सं. २०४०संयुक्त इजलास

कर्तव्य ज्यान

(१) बच्चालाई समाती भुइँमा एकपटक पछारे, खटीयाको माटोमा पर्ने गरी अर्को पटक समेत पछारी दिए, मैले मौकैमा देखे चिनेकीले निजहरूले नै छोराछोरी र नाति समेतलाई मारी गएका हुन् भनी किटान साथ अदालतमा समेत बकी लेखी दिएको समेत देखिनाले प्र.लाई सफाई दिने गरी प.क्षे.अ.ले गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1784वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) विवादित जग्गामा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम भएको प्रमाण देखिँदैन, सो प्रमाणको अभावमा प्रत्यर्थीका लोग्नेको मोहियानी कायम गरी निजको मृत्यु पछि निजकी श्रीमतीका नाउँमा मोही नामसारी गरी दिने भनी प्रत्यर्थी भूमिसुधार कार्यालय सर्लाहीले गरेको निर्णय आधार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1783वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कानुनी त्रुटि भएको कुरा समेत उल्लेख गरी सो निर्णय उपर गरेको पुनरावेदनमा सो निर्णयलाई नै कायम राखी प्रत्यर्थी क्षेत्रीय शिक्षा निर्देशनालय पोखराबाट गरेको पुनरावेदन निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1781वि.सं. २०४०संयुक्त इजलास

लेनदेन

(१) वादीलाई प्रतिवादीले चेकबाट छुट्टै रु.१,५०,०००। बुझाएको भनी भौचर पेश गरेको सो भौचर अनुसारको रकम बुझेको छुट्टै तमसुकमा दरपीठ भएको पनि देखिँदैन, त्यसकारण सो वादीले पेश गरेको भौचर तमसुकमा दरपीठ भए अनुसारको रूपैयाँ बुझेको भौचर रहेछ भन्नुपर्ने हुन्छ । प्रतिवादीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1780वि.सं. २०४०संयुक्त इजलास

जवरजस्ती करणी

(१) डाक्टरबाट जाँच गराउँदा योनीको वरिपरि साना–साना सुखापनका श्राव देखिन्छ भन्ने उल्लेख भएको तथा जाहेरवाली र छोरी समेतका बकपत्रबाट प्रतिवादीको प्रहरी समक्षको साविती बयानलाई पुष्टी मिल्न आएको तथा क्षेत्रीय अदालतको फैसलामा उल्लेख भएका बुँदा प्रमाणहरू समेतको आधारम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1779वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) जुन फैसलाहरूमा लेखिएका वाक्यांशहरू बढी भएकोले बदर गरिपाउँ भन्ने जिकिर छ ती फैसलाहरू नै यस अदालतको फैसलाबाट उल्टी भएको देखिएको र अस्तित्वमा नरहेको फैसलाहरूमा लेखिएका वाक्यांशहरूलाई निवेदकको माग बमोजिमको आदेश जारी गर्दा निरर्थक हुने । निष्कृय आदेश जारी गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1778वि.सं. २०४०संयुक्त इजलास

जग्गा खिचोला

(१) छोराले दावी गरेकोमा खारेज भएको मुद्दाको खिचोलाको हदम्याद कायम गरी खारेज गर्ने गरेको निर्णय गल्ती ठहराई इन्साफ तहकिकात गर्नु भनी क्षेत्रीय अदालतले गरेको निर्णय सदर ठहर्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1777वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) विवादको जग्गा राजीनामा लिएको देखिँदा अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम गरेको निर्णयमा निवेदकले जिकिर लिए बमोजिमको कुनै कानुनी त्रुटि भए गरेको नदेखिएकोले निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1776वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम गरेको निर्णयमा कुनै कानुनी त्रुटि नदेखिँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1775वि.सं. २०४०संयुक्त इजलास

ज्यान

(१) गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) र ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने । (प्रकरण नं. २८) (२) निवेदनपत्र बाहेक अरूमा षडयन्त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1774वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण लगायत प्रतिषेधको आदेश जारी गरिपाउँ

(१) निर्विवाद हक स्थापित भइसकेको नभई जग्गा सम्बन्धी विवाद अदालतको विचाराधीन रहेको देखिन आएकोले रिट निवेदकको माग बमोजिम हक प्रचलन गर्ने आदेश दिन नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1773वि.सं. २०४०संयुक्त इजलास

लेनदेन

(१) फैसला नहुँदै वादी वा प्रतिवादीलाई के कति सजाय हुने भन्ने यकीन हुन नसक्ने हुँदा क्षेत्रीय अदालतबाटै पाँचहजार भन्दा बढी सजाय हुने मुद्दा डिभिजनबेञ्चबाट हेर्नु पर्छ भनी अर्थ गर्ने उक्त क्षेत्रीय अदालत नियमावली, २०३६ को दफा १८(ग) को बनौटबाट पनि मिल्ने नदेखिने…

नजिर सार पढ्नुहोस् →