नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1775 · वि.सं. २०४०
नि.नं. 1775 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) र ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने । (प्रकरण नं. २८) (२) निवेदनपत्र बाहेक अरूमा षडयन्त्र गरेको तथ्य प्रमाण मिसिलमा नदेखिएकोले सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई शुरू जिल्ला अदालतको इन्साफ सदर ठहर्ने। (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1775 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2040/10/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1775 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
