(१) भू.सं.नियमहरू, २०२१ को नियम ६ को प्रतिबन्धात्मक वाक्यांशमा कुनै व्यक्तिको नियम ३ बमोजिम लगत लिन छुट हुन गई अनुसूची २ बमोजिमको ढाँचामा तयार भएको लगत प्रकाशनमा नाम तथा जग्गा छुट हुनगएको देखिएमा पुनः लगत लिई सो छुट लगत प्रकाशित गर्नसक्नेछ भन्ने उल्लेख भएको पा…
(१) विवादको ठेक्का सामान्य किसिमको ठेक्का नभई उद्योग सञ्चालन सम्बन्धी श्री ५ को सरकारको निर्णय र जिल्ला पञ्चायत सचिवालयको पत्रद्वारा प्राप्त गरेको ढुंगाखानीमा खास कानुनी प्रमाणिक आधार बेगर काम रोक्का गर्ने गरी निवेदकलाई जिल्ला पञ्चायत सचिवालयले दिएको पत्र तथा…
(१) अंश मुद्दा गर्दा दावी छाडी मिलापत्र गरेको देखिन आएको अघि लोग्ने देखाई अघिल्ला लोग्ने तर्फका नावालकको सम्पत्ति जिम्मा लगाइपाउँ भनी दिएको उजूरीमा तारेख छाडी नावालकको सम्पत्ति माथवर मानिस जिम्मा लगाउने ठहर भएको तर लोग्ने कायम भएको देखिन नआएको समेतबाट वादी दाव…
(१) अदालतमा गरेको बयान समेतलाई दृष्टिगत गर्दा मानसिक रूपले असन्तुलित रहेभएको भन्न सकिने अवस्थाको नदेखिँदा आफ्नो श्रीमतीलाई सचेत अवस्थामा नै बन्चरोले हानी कर्तव्य गरी मारेको ठहराई सजाय गर्ने गरेको निर्णय मिलेकै देखिने । (प्रकरण नं. १३)
(१) कर्तव्य गरी मार्नमा सहयोग गरेको भन्ने कुरा किटानी साथ लेखाउन नसकेबाट कुनै कुराबाट कर्तव्य गरी मार्नमा सहयोग पुर्याएको भन्ने कुरा देखिन आउँदैन । (प्रकरण नं. २२)
(१) करणी जस्ता यौन सम्बन्धी अपराध भए गरेको देख्ने चस्मदिद सँधै मौजुद हुन नसक्ने पनि हुन्छ यस्तो स्थितिमा चस्मदिद व्यक्ति नभएको कारणले सफाई दिनुपर्छ भन्न नमिल्ने । (प्रकरण नं. १७)
(१) गूठी राख्नेको सन्तानलाई गूठी धर्मलोप भएको खण्डमा धार्मिक कृति विधिवत रूपले चलाई राख्नुपर्ने हक दायित्व रहन्छ । (प्रकरण नं. ११) (२) आफ्नो पुर्खाले राखेको गूठी कसैले धर्मलोप गरेमा गूठीको ३ र ४ नं.तथा अ.बं.८२ नं.ले उजूर गर्ने हकदैया निजमा रहने स्पष्ट छ । (प्र…
(१) अरूको हक कायम भइसकेको तथ्य निवेदनमा नखुलाएको र अन्य कुनै किसिमको हक देखाई सो स्थापित गराई पाउँ भन्ने निवेदन जिकिर समेत नरहेको अवस्थाको प्रस्तुत निवेदनमा हक प्रचलन गराई दिने प्रश्नै नउठ्ने । (प्रकरण नं. १३)
(१) दुई पक्षको बीचको ठेक्का शर्तमा दिनु लिनुपर्ने केही बाँकी रहेको स्थितिमा कानुनबमोजिम साधारण अधिकारक्षेत्रबाट उपचार प्राप्त हुनसक्ने नै देखिने । (प्रकरण नं. १४)
(१) नक्साबाट समेत विवादित झगडा परेको खेत वादीको राजीनामाको कित्ता भित्र मिल्न भिडन आएको समेत देखिँदा त्यस्तो जग्गा प्रतिवादीले नामसारी दर्ता गरी बिक्री गरेको कायम रहन्छ भन्न न्यायोचित नहुने । (प्रकरण नं. १२)
(१) एउटै विवादको विषयलाई लिएर यदि दुवै पटकको निर्णय गर्ने निकाय उही हुन्छ र साविकको निर्णय गैरकानुनी छ भने निरोपण गर्नुपर्ने विवादलाई टुक्र्याउन मिल्दैन । (प्रकरण नं. १५)
(१) अनुचित विलम्बको सम्बन्धमा कुनै मनासिव माफिकको कारण रिट निवेदीकाले उल्लेख गर्न समेत नसकेको हुँदा यस्तो अवस्थामा असाधारण अधिकारको प्रयोग गरी रिट निवेदीकाको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)