सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३६३ / ४४०

नि.नं. 1843वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) सैनिक सेवामा रहेका व्यक्तिले सो सेवामा जानु भन्दा अगावै देखि आफूले नकमाई अरूलाई मोहियानीमा कमाउन दिई मोहियानी हक कायम भइसकेको जग्गा यस उपदफा अन्तर्गत झिक्न दिइने छैन भनी भू.सं.ऐन, २०२१ को दफा २८(१) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था गरेको । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1842वि.सं. २०४०संयुक्त इजलास

हक कायम दर्ता बदर

(१) एकपटक अधिकार प्राप्त अधिकारीका समक्ष वादीको वारेसले विवादको जग्गामा निजको स्वामित्व तथा भोग नभएको कुरा उल्लेख गरी बयान गरी सकेपछि निज वादीको दावी प्रतिवादी विरूद्ध पुग्न नसक्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1840वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) नियुक्ति, बढुवा र विभागीय कारवाई सम्बन्धी लोक सेवा आयोगको सामान्य सिद्धान्तको परिच्छेद ९ को ३ मा ९० दिनमा ननघाई संशोधित नामावली पुनः प्रकाशित गर्नुपर्ने छ भन्ने उल्लेख भएको पाइन्छ । निवेदकको उजूरी ३५ दिनभित्र परे तापनि ९० दिन नघाई निर्णय भएकोले त्यस्तो निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1839वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण लगायत जुन चाहिने उपयुक्त रिट, आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) १ नं.फाराम २ नं.लगत प्रकाशित हुने कुनै कानुनी प्रकृया अपनाएको नदेखिएको र जग्गाधनी लाई बाली बुझाएको स्वतन्त्र प्रमाण पेश गर्न नसकेको हुँदा मोही हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1838वि.सं. २०४०संयुक्त इजलास

प्रतिषेध सहितको उत्प्रेषण मिश्रित आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) नगरपञ्चायतका प्रधान अधिकृतले आफ्नो केही कर्मचारीहरू खटाएको कुराको बोधार्थ पत्रले पट्टापत्रको विपरीत असर पर्न गई आर्थिक नोक्सानी समेत हुने कुरामा रिट क्षेत्रबाट समस्याको समाधान हुनसक्दैन । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1837वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) स्थापित मोहीलाई मोहियानी हकको प्रमाणपत्र सम्म दिने भूमिसुधार कार्यालयबाट निर्णय भएको देखिँदा न्यायिक मनको प्रयोग भएन भन्न मिलेन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1836वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषण

(१) अ.बं.७८ नं.को प्रकृया अपनाई विपक्षीलाई सुनाएपछि मात्र सबूतप्रमाणको मूल्याड्ढन गरी निवेदकको जिकिर पुग्ने नपुग्ने के हो भन्ने सम्बन्धमा कानुन बमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. ११) (२) विवादको एउटै कित्तामा एकथरीको हकमा ७८ नं.को प्रकृया अपनाउने गरी पठाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1835वि.सं. २०४०पूर्ण इजलास

उत्प्रेषण

(१) बदर नभई कायम रहेको फैसला निजको विरूद्धमा प्रमाण नलाग्ने भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) निवेदक भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि नै मोही कायम भइरहेको कुरा स्पष्ट देखिन आउँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को अवस्थामा मोही जग्गाधनी बीच कबुलीयत हुनै पर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1834वि.सं. २०४०पूर्ण इजलास

१ - ज्यान

(१) कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको मनासिव ठहर्ने । (प्रकरण नं. २६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1832वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मतगन्ति गर्ने तारिख निर्वाचन विशेष अदालतले तोक्दैमा निवेदकको कुनै मौलिक हकमा आघात पर्‍यो भन्न सकिने अवस्था विद्यमान नहुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1831वि.सं. २०४०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) एकै कागजको मुद्दा भए पनि नभए पनि सर्वस्व भएपछि सो हुनुभन्दा अघिको कसूरमा जरिवानाको खत नखापिने । (प्रकरण नं. ८) (२) एकै मुद्दा नभई विभिन्न मुद्दाहरूको ठहर फैसला बमोजिम कैद ठेकिएको देखिएको, जरिवाना दाखिल गरिसकेको भन्ने पनि देखिन नआएकोले निवेदकको माग बमोजिम द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1830वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) मोहीको मृत्युपछि जग्गावालाले मोही रोजिसकेको नदेखिएबाट निवेदकहरूको हक स्थापित भइसकेको देखिँदैन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1829वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषण

(१) का.न.पं.का वडाअध्यक्षलाई बनेको चर्पी हटाउने अधिकार समेत भएको नदेखिँदा तत्सम्बन्धी कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1828वि.सं. २०४०संयुक्त इजलास

नाता कायम

(१) अदालतले वादीको देवानी दावी, फौजदारी हो भनी दावी नै परिवर्तन गर्ने कानुनमा कुनै प्रावधान नदेखिने । (प्रकरण नं. १८) (२) फिरादी आफैंले कानुनको रीत पुर्‍याई देवानीमा दायर गरेको मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न मिल्दैन । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1827वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) अधिकार प्राप्त अधिकारीले सेवाबाट हटाइएको निर्णयमा कुनै त्रुटि नदेखिँदा आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1825वि.सं. २०४०संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) अपराध र ऐनले हुनसक्ने सजाय खोली धरौट मागेको देखिँदा गैरकानुनी तरीकाले थुनामा रखेको भन्न नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1824वि.सं. २०४०संयुक्त इजलास

लिखत दर्ता बदर

(१) मुद्दाको अन्तिम निर्णय भएको मितिले ऐनको हदम्यादभित्र वादीको नालेश पारेको हुँदा म्याद नाघेको भन्न मिल्दैन । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1823वि.सं. २०४०संयुक्त इजलास

लिखत दर्ता बदर

(१) बैनाको कागजमा परेको साक्षीलाई वादीबाट स्वीकारै भएकोले जग्गा बिक्री गर्न वादीको मञ्जूरी थिएन भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1822वि.सं. २०४०संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा कमाएको आधारभूत प्रमाण नभएको भनी प्रमाणपत्र पाउनसक्ने देखिएन भन्ने भूमिसुधार कार्यालय सप्तरीको निर्णय सबूत प्रमाणको मूल्याड्ढन नभई हचुवा देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1821वि.सं. २०४०संयुक्त इजलास

परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) विवादको लिखत अंशबण्डाको लिखत नभई रिट निवेदकले सोही सम्बन्धमा छोडपत्रको कागज गरी मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.अनुसार पारित समेत गरेको देखिएकोले अंशबण्डाको ३२ नं.को अवस्था नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →