नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 1835 · वि.सं. २०४०
नि.नं. 1835 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बदर नभई कायम रहेको फैसला निजको विरूद्धमा प्रमाण नलाग्ने भन्न मिल्दैन । (प्रकरण नं. ११) (२) निवेदक भू.सं.ऐन लागू हुनुभन्दा अघिदेखि नै मोही कायम भइरहेको कुरा स्पष्ट देखिन आउँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) को अवस्थामा मोही जग्गाधनी बीच कबुलीयत हुनै पर्दछ भन्न मिल्दैन । (प्रकरण नं. ११) (३) अंशबण्डा भएको कुरा निवेदकलाई जानकारी नहुँदा विपक्षको बाबुको नामबाट नै १ नं.अनुसूची भरी २ नं. लगत प्रकाशन भएकोमा चित्त नबुझ्नेले संशोधन गराउन कारवाही चलाउन पर्ने । (प्रकरण नं. ११) (४) छोराहरूको बीच अंशबण्डा भई जग्गा छोराहरूको भागमा पर्नआएको कारणले मात्र निवेदकको मोहियानी हकमा असर पर्नसक्ने पनि नदेखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 1835 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2040/12/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४०, नि.नं. 1835 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
