सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३११ / ४४०

नि.नं. 3094वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

विभागीय सजायँको आदेश उपर पुनरावेदन सुनी प्रस्तावित सजायँको आदेशमा थपघट गर्न जे ठिक लाग्छ त्यसको अन्तिम आदेश दिन पुनरावेदन सुन्ने अधिकारीले नि.से.नि., २०२१ को नियम १०.१४(२) बमोजिम सक्ने नै हुँदा त्यस्तोमा स्पष्टीकरण नदिई सजायँ गरियो भन्न सकिने स्थिति नदेखिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3093वि.सं. २०४४

नामसारी दर्ता बदर

बण्डापत्र कागज हेर्दा आमाको नाउँमा रहेको जिउनी भाग आमा पछि तीनजना दाजु भाइले बराबरका दरले जम्मा मासिक पोत दिने कसैले नदिएमा आमाको शेषपछि जिउनी नपाउने समेत उल्लेख भएको देखिन आएबाट प्रतिवादीका पिताहरूले बण्डापत्रमा उक्त तोकिएको मासिक खर्च आमालाई दिएका भन्ने कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3092वि.सं. २०४४संयुक्त इजलास

घर भत्काई बाटो खुलाई पाउँ

गा.पं.ले सार्वजनिक हितको लागि जग्गा खरीद गरी बाटो खुलाई बाटो मिचिन गएकोमा व्यक्तिले नालेश गर्न नपाउने भन्ने ऐनमा व्यवस्था भएको पाइँदैन, बाटो व्यक्तिगत हितको लागि मात्र नभई सार्वजनिक हितको लागि हुने हुँदा सार्वजनिक हितको लागि प्रयोग हुने सम्पत्तिको संरक्षण गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3091वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

भिन्न नभई सगोलमा रहे बसेका अंशियार लोग्ने हो भन्ने देखिएपछि मुलुकी ऐन दण्ड सजायँको २६ नं. ले अंशियारले खाएको ऋण तिर्नु पर्ने व्यवस्था भएको छ र स्त्री अंश धनका ४ नं. अनुसारको दाइजो पेवाबाट निवेदिकाले प्राप्त गरेको भनी होइन भन्ने कुरा पनि निवेदिकाको लेखबाटै प्रष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3090वि.सं. २०४४संयुक्त इजलास

खिचोला मेटाई पाउँ

भू.सं. ऐन, २०२१ को दफा २(ङ) मा “घरवारी” भन्नाले मानिस बसोवास गर्ने घर र सो घरले चर्चेको जग्गा सम्झनु पर्छ र सो शब्दले घरसंग जोडिएको वा फरक रहेको गोठ, भकारी, इनार, पोखरी, ग्यारेज, तबेला, फलफुलको बगैंचा, तरकारी बारी, बाँसवारी, खरबारी वा मनोरञ्जन गर्ने ठाउँ र सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3089वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

आयकर (संशोधन सहितको) ऐन, ०३१ को दफा ३४(२)(क) मा लागेको जम्मा करको १/३ एक तिहाई धरौटी राखी पुनरावेदन सरहको निवेदन गर्न पाउने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3088वि.सं. २०४४संयुक्त इजलास

अंश

मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3087वि.सं. २०४४पूर्ण इजलास

ज्यान मार्ने उद्योग ।

मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३½ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3086वि.सं. २०४४पूर्ण इजलास

ज्यान ।

प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ, बेहोशी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भए पनि स्वेच्छा वेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन, यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रहरीमा गरेको बयान प्रमाण लिन सकिने । (प्रकरण नं. २९) कुटपिट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3085वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

कुनै तोकिएको म्याद लागि नियुक्त भएको पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणबस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने । (प्रकरण नं. १४) तोकिएको म्याद अगावै सञ्चालकको मृत्यु भई रिक्त हुन आएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3084वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण मिश्रीत परमादेशको आदेश जारी गरिपाउँ

दुई जनाका नाममा संयुक्त दर्ताको जग्गा भएपछि विवादित जग्गाहरू प्रत्यर्थी मोहीहरूका नाममा रैकरमा परिणत दर्ता गर्ने निर्णय गर्दा दुवै जना विर्तावाल जग्गाधनीहरूलाई बुझी निजहरूलाई आफ्नो कुरा भन्ने मौका प्रदान गरी प्रतिवाद गराई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3083वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

रिट क्षेत्रबाट निर्विवाद हकको प्रचलन हुन सक्ने हो, विवादित हकमा रिट क्षेत्रबाट हक कायम गर्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3081वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

रिट निवेदिकालाई जग्गाधनी नदेखाएको २ नं. अनुसूची उपर रिट निवेदिकाले उजूर नगरेको भनी दोष लगाउन मिल्ने देखिन्न, यस स्थितिमा एकाको नामको २ नं. अनुसूची समेतको आधारमा प्रत्यर्थी भूमिसुधार अधिकारी भूमिसुधार कार्यालय धनुषाले मोही कायम गरी मोहीको प्रमाणपत्र बनाई दिने ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3080वि.सं. २०४४एक न्यायाधीशको इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

निजामती सेवा नियमावली, २०२१ को नियम १०.११ अनुसार परिक्षणकालको अवधिमा नियुक्ति भएकोलाई निजको कुनै दोष अथवा अनुपयुक्तताले गर्दा परिक्षण कालको अवधिभित्र अथवा परिक्षणकालको अवधिको अन्तमा कुनै निजामती कर्मचारीको नोकरी अन्त गर्नु परेमा नियम ११.९ तथा १०.१० को कार्यविध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3079वि.सं. २०४४संयुक्त इजलास

ज्यान

मुलुकी ऐन अ.बं. १७६ नं. हेर्दा गैह्र मुद्दामा अभियोग लागेको मानिस फैसला नहुँदै मर्‍यो भने सो मर्नेलाई खत वापत लाग्दैन, सकार गरेको मुद्दामा पनि सकार गर्ने व्यक्तिलाई सो सकार गरेको नाताले मात्र अपराधी ठहर्‍याउन हुँदैन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3078वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

निर्देशिकामा व्यवस्था भएका कुराहरू सम्म उल्लेख नभएकोमा ऐन नियम प्रतिकूल हुने गरी निर्माण गरी सो उल्लंघन भएको भनेर कुनै आधार कारण नखोली गरेको प्रत्यर्थी काठमाडौं नगर विकास योजना कार्यान्वयन समिति भक्तपुरको निर्णय र सो सदर गर्ने गरेको प्रत्यर्थी माननीय निर्माण त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3077वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

एक पटक स.स.अ. तथा प्रहरीको संयुक्त अभियोग पत्र दायर भइसकेपछि पुनः सोही विषयमा उही प्रतिवादीहरू उपर अर्को अभियोग लगाई अभियोग पत्र दायर गर्न पाउने कानूनी व्यवस्था भएको नपाइने । (प्रकरण नं. २३) प्रहरीको संलग्नता नभएको अभियोग पत्रलाई रीतपूर्वकको मान्न नमिल्ने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3076वि.सं. २०४४संयुक्त इजलास

हक कायम लिखत बदर

दावीको जग्गा राजीनामा गरिसकेपछि मात्र दपोटमा उजूर गरेको देखिँदा सगोलको सम्पत्ति किने बेचेको अवस्थामा वा सगोलमा रहँदाको अवस्थामा मात्र लेनदेन व्यवहारको १० नं. अन्तर्गत उजूर लाग्ने हुँदा लेनदेन व्यवहारको १० नं. को त्रुटि भएको भन्न पनि मिलेन । (प्रकरण नं. ९) छुट्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3075वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

पर्चामा के कति कारणबाट सफाईको सबुद पेश गर्ने मौका दिँदा अव्यवहारिक हुने हो सो नखुलाएको वा कारण उल्लेख गरेकै भए पनि दिइएको कारण मनासिब नदेखिएमा त्यस्तो पर्चाको आधार लिई सफाईको सबुद पेश गर्ने मौकासम्म पनि नदिई गरेको निर्णयलाई कानूनसंगत मान्न नमिल्ने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3074वि.सं. २०४४संयुक्त इजलास

लिखत बदर

सगोल अंश हकको जग्गा बकसपत्र गरी दिँदा सगोलको अंशियारको मन्जूरी लिन पर्ने । (प्रकरण नं. १३) अंशबण्डाको १९ नं. मा भएको व्यवस्थामा स्वास्नी छोरा वा विधवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन अचलको आधिसम्म आफ्नो खुश गर्न पाउने गरी अधिकार प्रदान भएको देखिन आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3073वि.सं. २०४४संयुक्त इजलास

लिखत बदर ।

विशेषज्ञबाट सहिछाप जाँच गराइएकोमा पनि अन्तर साक्षी पुनारामको नाउँमा लागेको ल्याप्चेको जात विवाद रहित पुनारामले २०३१।११।१०।७ मा दिएको राजीनामा ७ नं. फारामको महलमा लागेको पुनरामको ल्याप्चे सहिछापको जातै नमिलेको भनी विशेषज्ञ अदालतमा आई बकपत्र गर्दा समेत स्पष्ट भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3072वि.सं. २०४४संयुक्त इजलास

लेनदेन ।

बाँकी रुपैयाँ नबुझाएकोले विपक्षी प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद जिकिर भएकोले प्रस्तुत विवादलाई करार कार्यान्वयन सम्बन्धी मुद्दाको समकक्षमा राख्नु पर्ने अवस्था भएको नपाइने । (प्रकरण नं. १४) भुक्तानी पाउने वालाले रकम भुक्तानी गरी फछ्र्यौट गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3071वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकले जग्गा आफ्नो बाबुलाई नदिई देवरलाई घरसारमा दिई भन्ने रीसले आफ्नो घरमा बोलाई अमानुसिक किसिमबाट हत्या गरेकोमा कसको चोटबाट मृतक अमृतीको प्राण गएको हो सो खुल्न नआएकोले प्र. झुपे राना र प्र.देवबहादुर रानालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) अनुसार जन्मकैद र…

नजिर सार पढ्नुहोस् →