एका सगोलको सम्पत्ति नै अंशियारमा भागबण्डा हुनु पर्ने सम्पत्ति हो, प्रतिवादीले तायदातीमा निजी आर्जनको भनी देखाएको देखिन्छ तापनि निजी आर्जनको हो भन्ने सबुद निजले पेश गर्न सकेको देखिँदैन, निजी आर्जनको सम्पत्ति भागबण्डा नलाग्ने भन्ने ऐनको संशोधन पछि मात्र निजी आर्…
कानूनी निकायले निर्णय गर्दा तजबिजी अधिकार प्रयोग गर्दा पनि कानून बमोजिम निर्णय गर्नु पर्ने हुन्छ साथै ऐन बमोजिम निर्णय गर्दा समान व्यक्तिहरूलाई समान संरक्षण दिनु पर्ने । (प्रकरण नं. १५)
प्रत्यर्थीहरूले गरेको भनिएको काम कारवाहीका सम्बन्धमा जाहेरी दिन जाँदा प्रहरी चौकीले दर्ता नगरेको भए हुलाक मार्फत समेत पठाउन सकिने अवस्था नभएको होइन । त्यसरी अन्य बाटो पहिल्याउने अवस्था छँदाछँदै सो तर्फ नगई दर्ता गरेन भन्ने भनाईलाई मात्र पत्यार लाग्दो मान्न नसक…
दुवै थरको निवेदन परेपछि एकाको निवेदन अर्कालाई सुनाई त्यसमा दुवै थरको प्रतिवाद सुनी दुवै निवेदनमा निर्णय गर्ने अधिकारीले बेग्लाबेग्लै निर्णय आफैंले गर्नु पर्ने । (प्रकरण नं. ११) कानून बमोजिम निर्णय गर्ने अधिकार प्राप्त अधिकारीले कुनै कानूनले निर्दिष्ट गरे बमोजि…
विभागीय वर्खास्त गर्ने सम्बन्धमा दिइने निर्णय अर्ध न्यायिक अधिकार भएको हुँदा यस्तो निर्णय गर्न पाउने अधिकारी आफैंले सफाई पेश गर्ने मौका दिई सबुद प्रमाण समेतको मूल्यांकन गरी आफ्नो राय उल्लेख गरी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ६)
वादीले दावी लिँदा वादीले जुन ऐन र दफाहरूको आधारहरू लिएका छन् सो दफाहरूमा कुनैमा पनि यस किसिमको दावी लिई फिराद दिन पाउने व्यवस्था नभएको हुँदा प्रस्तुत फिरादबाट इन्साफ दिन नपर्ने । (प्रकरण नं. १४)
०३२।१२।१६ मा इजाजत प्राप्त गरी ०३४।१०।२४ देखि उत्पादन शुरु गरेको देखिन्छ, आधुनिक किसिमको उद्योग हो भन्नेमा कुनै विवाद देखिन्न, प्रस्तुत उद्योगको स्थिर पुँजी २५ लाख भन्दा बढीको भन्ने पनि देखिन्छ, यस्तो स्थितिमा औ.व्य. ऐन, ०३० को दफा ८(ग) तथा दफा ९ (१)(ग)(१) तथा…
विदेशी हुँदा भागी जाने सम्भावना भएको भनी तारेखमा छाड्न इन्कार गर्नाको आधार खुलाई इन्कार गरेको कुरालाई अ.बं. १९४ नं. को (४) र (५) को विपरीत भयो भनी भन्न सकिने अवस्था देखिँदैन । (प्रकरण नं. ४)
लाशको मौकामा हुनु पर्ने लाश प्रकृति मुचुल्का हुन सकेन र त्यस्तै शव परिक्षण हुन सकेन भन्दैमा अपराध र अपराधीको छानबीन नै नगर्ने भन्ने होइन उपलब्ध भए सम्मका प्रमाणबाट न्याय निरोपण हुनु गर्नु पर्दछ । (प्रकरण नं. २३) सह अभियुक्तको पोललाई अन्य स्वतन्त्र प्रमाणले पुष…
नियम संशोधन नगरी केवल निर्णयले मात्र मूल्यमा अन्तर हुन सक्दैन । त्यसमा पनि रोयल्टीको मूल्य वृद्धि भएकोलाई काठको मूल्य वृद्धि भएको मान्न नमिल्ने । (प्रकरण नं. १६)
अभियोग प्रमाणित भएको नदेखिएको, अनुमानको आधारमा अभियोग लगाई भेदभाव गरी निवेदकलाई भ्र.नि.ऐन, २०१७ को दफा २०(२) को अधिनमा नि.से.नि., २०२१ को १०.६(७) को कसूरमा सोही नियम १०.१(६) बमोजिम सरकारी नोकरीको निमित्त सामान्यतः भविष्यमा अयोग्य ठहरिने गरी गरेको श्री ५ को सरक…
सहायक स्तर पदमा महाप्रबन्धकले नियुक्ति गर्ने र परिच्छेद ७ को नियम ७.२ अनुसार सजायँको आदेश दिने अधिकार महाप्रबन्धलाई हुनेछ भन्ने कानूनी व्यवस्था भएको पाइन्छ । निवेदक सहायकस्तरको कर्मचारी भई निजलाई निमित्त महाप्रबन्धकले बर्खास्ती गरेकोमा विवाद देखिएन, सो नियमको…
तेरो मेरो भन्ने प्रश्न उपस्थित भएपछि जग्गाको हक बेहकमा निर्णय गर्ने अधिकार माल अड्डालाई नभएकोले जग्गामा तेरो मेरो भन्ने प्रश्न उपस्थित भएको मुद्दामा सम्बन्धित अदालतबाट हक बेहक गरी ल्याउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १६)
गा.पञ्चायतको निर्णय उपर पुनरावेदन परिआएको मुद्दामा जिल्ला पञ्चायतले कारवाही र किनारा गर्न जिल्ला पञ्चायतको बैठकले उपसभापतिको अध्यक्षतामा तीन जना सदस्य भएको एक न्याय समिति गठन गर्नु पर्ने । (प्रकरण नं. १३) कानूनले निर्दिष्ट गरे बमोजिम ३ सदस्य भएको न्यायिक समिति…
सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(३)(छ) मा उपदफा (४) अन्तर्गत अदालतमा प्रस्तुत भएको प्रहरी प्रतिवेदनमा उल्लेखित अपराधको अभियोग वा अभियुक्त बारेमा अदालतले आवश्यकतानुसार आफैं वा अन्य प्रहरी कर्मचारी वा सरकारी अभियोक्ता प्रचलित नेपाल कानून बमोजिम पुनः तहकि…
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७ को उपदफा (१) हेर्दा जग्गावालाले बसोवास गर्न घरवारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा मोहीलाई तोकिएको दरले हुन आउने जग्गाको मोलको सयकडा २५ क्षतिपूर्तिको रुपमा जग्गावालाबाट दिलाई जग्गा झिक्न पाउने गरी स्थानी…
गाउँ पञ्चायतको सिफारिश बमोजिम विवादित जग्गा नामसारी गर्ने गरेको निर्णय तथा सो बमोजिम जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने गरेको काम कारवाहीहरू त्रुटिपूर्ण हुन गई त्यस्तो नामसारी सम्बन्धी निर्णय तथा कारवाहीहरू कायम रहन नसक्ने । (प्रकरण नं. १३)
रीतपूर्वक अंशबण्डाको लिखत नभएसम्म अथवा घरसारमा नरम करम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखिल खारेज गराई बण्डा बमोजिम आ–आफ्नो भागको भोग बिक्री व्यवहार गरेको कुरा व्यवहार प्रमाणबाट प्रमाणित नभएसम्म अंशबण्डा भई भिन्न भएक…
घरधनीले आफूलाई चाहिएको बखतमा उठाउन पाउने भन्ने शर्तनामामा उल्लेख भएकै देखिँदा वादीले उठाउन पाउने नै देखिन्छ तर घर बनाउनेको ९ नं. अनुसार घर पसलबाट बसिरहेका मानिसलाई कुनै व्यहोराले उठाउनु पर्ने भएमा ३५ दिन अगावै घर पसल छाडि खाली गरिदिनु भनी जनाउ दिई मात्र उठाउनु…
औ.व्य.ऐन, २०३८ बमोजिम उद्योग स्थापना गर्न दिने मेशिन झिकाउन सुविधा दिने तर सो उद्योग सञ्चालन गरी उत्पादन गर्न उद्योगलाई चाहिने कच्चा पदार्थ झिकाउन सुविधा नदिनु न्यायोचित हुँदैन । त्यस्तो हुने भए उद्योग स्थापना भएकै निरर्थक हुन्छ । (प्रकरण नं. १८)
ऐनको दफा १० अनुसारको सुविधा सहुलियत सोही ऐन अनुसार स्थापित प्रस्तुत उद्योगले प्राप्त गर्नु पर्ने हुन आउँछ । त्यस्तो सुविधा निवेदकले नपाउने हो भने निवेदकले पाउनु पर्ने भनी प्रतिवाद गर्ने मौका समेत पाएको देखिएन । तसर्थ रिट निवेदकको उद्योगले प्राप्त गर्नु पर्ने स…
संरक्षक हकवाला भनी देखाएकोले निज नन्दप्रसादले दिनु पर्ने पुनरावेदन अ.बं. ८३ नं. अन्तर्गत दिन नपाउने भनी भन्न उक्त अ.बं. ८३ नम्बरमा भएको व्यवस्थाबाट मिल्ने देखिन नआउने । (प्रकरण नं. ९) बुझ्नु पर्ने सबूद प्रमाण बुझी आफू समक्ष परेको पुनरावेदनबाट मुद्दा हेर्न मिल्…