सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१३ / ४४०

नि.नं. 3046वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

नेपाल अधिराज्यको शिक्षा व्यवस्था मिलाउन नै शिक्षा तथा संस्कृति मन्त्रालय रहेको र सो कार्यको सिलसिलामा अधिराज्यभर एकै शैक्षिकस्तर कायम राख्न सो मन्त्रालयलाई विभिन्न तहको शिक्षकहरूको आवश्यक न्युनतम योग्यता शिक्षा नीति अनुसार कानूनले अन्यथा व्यवस्था गरे बाहेक तोक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3045वि.सं. २०४४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ।

थुनामा राखिएकोमा म्यादी कैद भुक्तान भइसकेको तथा जरिवाना बुझाएको हुँदा थुनाबाट छाडिदिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3044वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

जग्गा दर्ता हदबन्दी कार्यान्वयन समितिले निर्णय गर्दा असर पर्ने व्यक्तिलाई कानून बमोजिमको प्रतिवाद गर्ने मौका दिई निर्णय गरेको देखिँदैन । यस्तो स्थितिमा दावीको विवादित जग्गा विपक्षीका नाउँमा दर्ता श्रेस्ता खडा गरी जग्गाधनी प्रमाण पूर्जा दिने गरी गरेको जग्गा दर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3043वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

तालिममा जाने भन्ने कुरा विभाग तथा अधिकारीले उपयुक्त ठहर्‍याएको उम्मेदवारलाई दिएको सहूलियत मात्र हुन् । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3042वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

अभियुक्त राधिका अत्याधिक आवेशमा आएको भनी अभियुक्त अग्नीप्रसादको अदालतको बयानबाट देखिन आएबाट कुटपिट साधारण थियो भन्न सकिने अवस्था देखिएन । एउटी स्वास्नी मानिसले आफ्नो लोग्नेको साथमा करणीकै अवस्थामा करणी स्थलैमा भेटेको स्वास्नी मानिस उपर क्रोध प्रदर्शनको सामान्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3041वि.सं. २०४४संयुक्त इजलास

निषेधाज्ञाको आदेश जारी गरिपाउँ

निर्विवाद हक स्थापित नभएको अवस्थामा पनि अपवादको रुपको विशेष अवस्थामा निषेधाज्ञा जारी गर्न मिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3040वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

अपुतालीको १७ नम्बर बमोजिम कारवाही गर्न पाउने अधिकार सोही ऐनले नजिकको अञ्चलाधीश कार्यालयलाई तोकेको हुँदा प्रमुख जिल्ला अधिकारीले गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3038वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3036वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणसमेत

दुईथर जग्गावालाको जग्गा सम्बन्धमा नक्शा सुधार गर्ने अधिकार मालपोत कार्यालयलाई कुन कानूनले प्राप्त गरेको हो सो पनि निर्णयमा स्पष्ट देखिँदैन लिखतजवाफमा पनि सो को उल्लेख गर्न सकेको छैन । यस्तो स्थितिमा नक्शा सुधार हुने ठहर्‍याई नक्शा सुधार गर्नु भनी नापी शाखामा द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3034वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण समेत

एकै व्यक्तिको एक जग्गाको मोही कायम मुद्दा खारेज भएकोमा मोही नामसारी मुद्दा बेग्लै भनी नामसारी गर्न नमिल्ने । (प्रकरण नं. ९) एक पटक टुंगो लागेको विवादमा पुनः पुनः मुद्दा गर्नु न्यायको दृष्टिबाट पनि अनुकूल हुँदैन, तसर्थ एक पटक खारेज भई सकेपछि पुनः मुद्दाको नाम म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3033वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निवेदकले आंशिक (कम्पार्टमेन्टल) परीक्षा समेत दिई परीक्षा उत्तिर्ण गरेकोले निजामती सेवा नियमावलीको नियमले तृतीय श्रेणीको अंक दिइनु पर्ने प्रष्ट व्यवस्था गरेको समेत देखिँदा निज रिट निवेदकलाई निजले हासिल गरेको खण्डे एस.एल.सी. को शैक्षिक योग्यता वापत तृतीय श्रेणीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3032वि.सं. २०४४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सार्वजनिक सुरक्षा नियमावली, २०१९ को नियम ९ मा हेर्दा डेढ वर्षदेखि बढी अवधिको लागि नजरबन्द राख्नु आवश्यक देखिए श्री ५ को सरकारले विशेष परिस्थितिमा बाहेक साधारणतया एक सल्लाहकार समितिको गठन गर्नेछ भन्ने उल्लेख भएको पाइन्छ, तर प्रस्तुत नजरबन्दको विषयमा श्री ५ को स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3031वि.सं. २०४४संयुक्त इजलास

थैली बुझाई लिखत पास गरिपाउँ

हकदारले कानून बमोजिम हक छाडेको लिखत बेगरै बीचको व्यक्तिले साल सालको लागेको मालपोत तिरी खाने शर्तमा भोगबन्धकीमा जग्गा जिम्मा लिई भोग गर्ने व्यक्तिकै परिवारलाई गरिदिएको चलानी पुर्जीका आधारबाट भोगबन्धकी दिने आसामीबाट जग्गाको स्वामित्व नै छुट्न सक्ने कुनै पनि कानू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3030वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

सगोलकै अवस्था ०३२ सालमा विवादको जग्गा धितो रही ऋण लिएको निवेदिकाले नै स्वीकार गरेको र ०४० सालमा मात्र अंश मुद्दा परेको प्रष्ट देखिन आएकोले निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3029वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

गाउँ पञ्चायतमा नै प्रतिवाद नगरेपछि अ.बं. २०८ नं. को व्यवस्थाबाट जि.पं. न्यायिक समिति समक्ष पुनरावेदन नै लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3028वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

प्रमुख जिल्ला अधिकारीले लिखत पारीत रोक्का राख्ने आदेश गरेपछि प्र.ज.अ.आफैंले फुकुवा गर्नु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3027वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ।

बिगो वापत तायदात भई आएको जग्गाको लिलाम हुनुभन्दा अगावै पञ्चकीर्ते मोल कायम गरी लिलाम गर्नुपर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3026वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायतका आज्ञा, आदेश जारी गरिपाउँ

कबूलियत पञ्चायतबाट आउन नसकेको र रिट निवेदकहरूले देखाउन नसकेको भन्ने समेत आधारमा मोहियानी हकको प्रमाणपत्र दिन नपर्ने ठहर्छ भनी गरेको प्रत्यर्थी भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण छ भन्न नसकिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3025वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

हक बेहक सम्बन्धी जग्गा खिचोला मुद्दाको निर्णय नहुँदै प्रत्यर्थी मालपोत कार्यालय मकवानपुरले गरेको दर्ताबाट रिट निवेदकको हकमा कुनै असर पर्न नसक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3024वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायतका आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

ऐन बमोजिम समितिबाट प्राप्त गरी अनुमति लिई जग्गामा घर बनाई भोगचलन गरी जग्गामा हक भएको प्रमाण प्राप्त गरी नआएसम्म त्यस्तो जग्गालाई समितिको अनुमति बिना खोका छाप्रा बनाएकै आधारमा मात्र रिट निवेदकको हकको जग्गा भन्न नमिल्ने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3023वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ।

ऐ.नगर पंचायतका बहालवाला उप-प्रधानपंच हरि प्रसाद न्यौपाने। आदेश भएको मिति: २०४३।८।१५।१ मा अनियमित भएको भनी अर्को नगर सभाको नियमित बैठक बोलाउन दमक नगरपञ्चायतलाई श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पत्र पठाई निर्देशन दिई सो बमोजिम बैठक बोलाउँदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3022वि.सं. २०४४पूर्ण इजलास

लिखत बदर

यस अदालतबाट विपक्षीको नाममा सूचना म्याद जाँदा साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी वतन लेखी सूचना म्याद तामेल हुन गएकोमा म्याद तामेल भई आउँदा तामेली व्यहोरामा पनि साविक वडा नं. २८ को हाल वडा नं. ३० नभएको साविक वडा नं. १७ र १८ को मात्र हाल वडा नं. ३० भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3021वि.सं. २०४४पूर्ण इजलास

जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

प्रतिवादीले गराई लिएको सट्टापट्टा लिखत र दर्ता समेत बदर भई वादीको हक कायम हुने ठहरी निर्णय भएको हुँदा सो फैसला समेतको आधारबाट प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →