नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3038 · वि.सं. २०४४

नि.नं. 3038 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

माफी माग्न पटक पटक अवसर दिएको कुरा पटक पटक परेका प्रतिवेदनहरूबाट समेत देखिन्छ । त्यसबाट श्री पशुपतिनाथको मन्दिर जस्तो पुण्य र पवित्र स्थानमा नारा लाग्नु जस्तो र रथयात्रा २।३ घण्टा विलम्ब हुनु प्रहरीको प्रयोग गर्नु पर्ने जस्ता घटनाहरूलाई सामान्य र साधारण भन्न मिल्दैन । (प्रकरण नं. २२) माफी माग्ने जस्ता कुराको अनुरोध, त्यहींका निवेदकलाई दिक्षा दिने गुरु मूल पूजारी तथा भण्डार तहविल कार्यालय समेतबाट हुँदा निवेदकले इन्कारी गर्नु जस्तो कुरा पनि साधारण होइनन्। बिना कारण यी सबै कुरा मूल भट्टले गर्नु पर्ने र त्यसलाई अरु प्रतिवेदन दाताहरूले समर्थन गर्नु पर्ने कारण पनि केही देखिँदैन । त्यसकारण यी सबै कुरालाई विचार गर्दा यसमा मूल भट्टले गर्नु भएको सबै कारवाही निवेदकका जिकिर अनुसार आधारहीन हुन् भन्न सकिन्न । मूल भट्टले उचित सावधानी र सामान्य प्रकृया नपुर्‍याएको कारणबाट निवेदकले आफूलाई सजायँबाट बचाउने मौका नपाएको भन्न मिल्दैन । निवेदकले क्षमा याचना गर्न पाएको अवसरलाई आफैंले गुमाएको देखिन्छ । त्यसकारण अब यसमा निवेदकका माग बमोजिमको आदेश जारी गर्नु न्याय, सद्विवेक र व्यवहारिक दृष्टिकोण समेतले उचित नहुने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3038
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3038
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्