नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3023 · वि.सं. २०४४
नि.नं. 3023 — उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
ऐ.नगर पंचायतका बहालवाला उप-प्रधानपंच हरि प्रसाद न्यौपाने। आदेश भएको मिति: २०४३।८।१५।१ मा अनियमित भएको भनी अर्को नगर सभाको नियमित बैठक बोलाउन दमक नगरपञ्चायतलाई श्री ५ को सरकार पञ्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पत्र पठाई निर्देशन दिई सो बमोजिम बैठक बोलाउँदा प्र.पं. अनुपस्थित रहेको कारणबाट उप–प्र.पं. को अध्यक्षतामा तेश्रो नगर सभाको बैठक बसेको देखिन आएबाट त्यस्तो नगर सभाको बैठकलाई कानून विपरीत तथा अनियमित भएको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3023 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण मिश्रित प्रतिषेधको आदेश जारी गरिपाउँ। |
| निर्णय वर्ष / मिति | 2043/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3023 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
