सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१४ / ४४०

नि.नं. 3020वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

एकाका नाममा दर्ता भएको जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दा सम्बन्धित व्यक्तिलाई बुझी सबूद प्रमाण पेश गरी प्रतिवाद गर्ने मौका प्रदान गरी मात्र निर्णय गर्नु पर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3019वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण

जग्गाको स्वामित्व नै शुन्यको स्थितिमा पुगेपछि निजले गरिदिएका लिखतको आधारमा मोही हकको दावी गर्ने निवेदकको हक पनि स्वतः शुन्यको स्थितिमा पुग्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3018वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

रिट निवेदकले कानून बमोजिम हक कायम गराई ल्याएमा भू.सु.का. को निर्णयले कुनै अवरोध गर्ने अवस्था पनि हुँदैन, यस स्थितिमा भूमिसुधार कार्यालयले सबूद प्रमाणको मूल्यांकन गरी प्रत्यर्थी, सात जनाका नाउँमा संयुक्त मोही कायम गरी दिने निर्णय गरेकोलाई कानूनको त्रुटि गरी निर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3017वि.सं. २०४४पूर्ण इजलास

नापी दर्ता बदर खिचोला मेटाई पाउँ

श्री पशुपतिनाथको गुठी जग्गालाई साविक बमोजिम नै गुठी कायम गरिपाउँ भन्ने वादी दावीलाई पक्री श्री पशुपतिनाथ अमालकोटतर्फबाट इन्साफ जाँच गराउन तथा फुल बेञ्चबाट मुद्दा दोहर्‍याउन समेत कारवाही गरी ल्याएको समेत देखिएबाट श्री पशुपतिनाथको गुठी जग्गा सम्बन्धमा श्री पशुपत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3016वि.सं. २०४४पूर्ण इजलास

लिखत गराई पास गराइपाउँ।

वादी र प्रतिवादीका बीच सम्पन्न भएको लिखत करारनामा बमोजिम प्रतिवादीले पुरा गर्नु पर्ने दायित्व करार ऐन, २०२३ को दफा १०(१) बमोजिम प्रतिवादीबाट पुरा गर्न लगाउने विशिष्ट सम्पादनको आदेश दिने अधिकार अदालतलाई हुने नै हुँदा वादी दावी बमोजिम वादीबाट प्रतिवादीले जग्गाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3015वि.सं. २०४४पूर्ण इजलास

अंशनाता कायम

प्रतिवादीले जग्गा राजीनामा गरी बिक्री गर्दा वादी एकाघरको लोग्ने भनी साक्षी बसेको पाइन्छ, यस स्थितिमा वादीहरू र प्रतिवादीका बीच अंशबण्डा भएको भन्ने पनि देखिन आएन । अंशबण्डा गर्ने गरेको सम्पत्ति सगोलको भन्ने वादीहरू र मेरो निजी आर्जनको सम्पत्ति अंश लाग्ने होइन भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3013वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

विवाद उठेको कहिँकतैबाट पुष्टि हुन सकेको छैन, विवाद उठेको ठहर्‍याई सो सम्बन्धमा प्रमाण बुझी निर्णय गर्ने अधिकार प्र.जि.अ.लाई भएको देखिँदैन । अधिकार प्राप्त निकाय अर्थात् नगरपञ्चायतबाट भएको नक्शा पासको निर्णय बमोजिम बन्न लागेको घर रोक्का गरी न.पं.को निर्णय नै नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3012वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

निजामती सेवा नियमावली, २०२१ को नियम ७.१(३) बमोजिम निवृत्तभरण पाक्ने अवस्था पुगेको निजामती कर्मचारीलाई श्री ५ को सरकारले अवकाश दिन सक्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3011वि.सं. २०४४संयुक्त इजलास

बहुविवाह

ऐनमा भएको व्यवस्थाले नेपाल अधिराज्यका नेपाली नागरिकलाई एउटा स्वास्नी भई भई कन निजसंग सम्बन्ध विच्छेद हुनु बेगर अर्को स्वास्नी मानिससँग विवाह गर्न निषेध गरेको हुँदा नेपालको नागरिकको हैसियतबाट निज जहाँसुकै रहे पनि निजउपर सो ऐनले लगाएको प्रतिबन्ध छुट्न नसक्ने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3010वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

२ जना भलादमी मात्र राखी तामेल भएको अ.बं. ११० नं. ले अनिवार्य गरे बमोजिम पञ्च सदस्य वा सम्बन्धित वडाको गा.स.स. वा सचिव साक्षी रहेको देखिन नआएकोले रीतपूर्वक तामेल भएको भनी भन्न कानूनले नमिल्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3009वि.सं. २०४४संयुक्त इजलास

लिखत बदर गरी हक कायम गरिपाउँ।

सगोलका अंशियारले सगोलको सम्पत्ति अरु अंशियारको मन्जूरी नलिई बिक्री गरेमा जो जस्को जति कुरामा हक लाग्छ उस्ले उति कुरामा दावी लिई लेनदेनको १० नं. अन्तर्गत दावी लिनु पर्ने र त्यस्तो उजूर परेकोमा उजूर गर्नेको हक जति बदर हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3008वि.सं. २०४४संयुक्त इजलास

अंश

लिखत कानूनले पास हुनु पर्नेमा पास नभएको भए पनि सो कागजको कानूनी असरमा सम्म मान्यता नपाउने भए पनि सो लिखतमा लेखिएको व्यहोरा सम्बन्धित पक्षका सम्बन्धमा प्रमाणमा लिन मिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3007वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) ले गरेको व्यवस्था बमोजिम पुनः कर निर्धारणमा पुनरावेदन नलाग्ने व्यवस्था गरेको भए तापनि प्रतिबन्धात्मक प्रावधानले सो मूल उपदफालाई नियन्त्रण गरी केही खास अवस्थामा अनुमतिको माध्यमबाट पुनरावेदन लाग्ने । (प्रकरण नं. २०) कर कार्याल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3006वि.सं. २०४४

प्रतिषेध, उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

करार सम्बन्धी उठेका कुनै विवादको सम्बन्धमा सोही करारनामाको शर्त बमोजिम गर्नु पर्ने र प्रस्तुत विषय करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने भई सो अधिकार क्षेत्रबाट उपचार प्राप्त गर्न सक्ने देखिएकोले यस्तो दुई पक्ष बीच सम्पन्न भएको करारको सम्बन्धमा उठेको विवादमा यस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3005वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

जग्गा ०२६ सालमा नदी उकास भएपछि निवेदकले नै जोतभोग गरी ०३० सालसम्मको मालपोत धरौटी राखेको भन्ने कुरामा कुनै विवाद खडा भएको नदेखिनुका अतिरिक्त निवेदक बाहेक अन्य कुनै व्यक्तिले नदी उकास भएको विवादको जग्गा सकार गरेको भन्ने पनि देखिँदैन र विभागको परिपत्रले कानूनको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3004वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

नियमले गरेको व्यवस्था अनुसार शुरु नियुक्ति गर्दाकै अवस्था अन्तिम स्केल पाउने गरी नियुक्ति गरिएको र त्यसपछि तलब बृद्धि हुँदा समेत अन्तिम स्केल नै दिई आएकोमा हाल नयाँ स्केल लागु हुँदा मात्र अन्तिम स्केल नपाउने भन्न नियमले नमिल्ने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3003वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

एक न्यायाधीशको इजलासबाट निर्णय भई अन्तिम रुपमा रहेको फैसला सोही अदालतको संयुक्त इजलासबाट बदर गर्न नमिल्ने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3002वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

नापी हुँदा फिल्डबुकमा नाम लेखिएका निवेदकहरूलाई नबुझी फिल्डबुक र नक्शा ट्रेश बदर हुने ठहर्छ भन्ने निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3001वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

निवेदकको आचरणबाट नै निवेदकले विवादित जग्गा आफ्नो हक परित्याग गरी अरुलाई नै भोग्न दिएको देखिएकोले विवादित जग्गामा रिट निवेदकको पिताको मृत्यु पश्चात रिट निवेदकले मोहीको हैसियतले जोतभोग गरेको प्रमाण पेश गर्न नसकेको र उमेशचन्द्र थापाका नामको भर्पाईबाट वादीका नाममा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3000वि.सं. २०४४पूर्ण इजलास

अंश मुद्दामा पुनरावेदनको अनुमति पाउँ

अ.बं. १७९ नं. मा डिसमिस भई सकेपछि त्यसै वादी वा पुनरावेदकको त्यसै प्रतिवादी वा विपक्षी उपर त्यसै मुद्दामा अर्को नालेश वा पुनरावेदन लाग्न सक्दैन भन्ने स्पष्ट व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. ७) पछि आएको संशोधित कानूनले पहिले प्रचलनमा रहेको कानूनले प्राप्त गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2999वि.सं. २०४४पूर्ण इजलास

लिखत बदर

छलफलको निमित्त झगडिया झिकाउने कुरा कारवाहीसम्मको कुरा हुँदा एकजना माननीय न्यायाधीशको झगडिया झिकाउने भन्ने राय भएको अवस्थामा छलफलको निमित्त झगडिया झिकाउन कुनै आपत्ति नदेखिने । (प्रकरण नं. ३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2998वि.सं. २०४४पूर्ण इजलास

घरजग्गा खिचोला

लुटपिट र खिचोलातर्फ फिराद लिई आएकोमा खिचोलातर्फ मात्र इन्साफ हुँदै आएको देखिएकोले फौज्दारी र देवानी दुई विषयका दावी कुराहरू फिरादपत्रमा समावेश भएकै कारणबाट पूरै फिराद नलाग्ने भन्न सकिने स्थिति देखिँदैन । (प्रकरण नं. १८) प्रतिवादी कायम गरिएकालाई अदालतले झिकाई ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2997वि.सं. २०४४पूर्ण इजलास

अंश

थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न…

नजिर सार पढ्नुहोस् →