नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2997 · वि.सं. २०४४
नि.नं. 2997 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
थुनामा रहेका आफ्नो बाबु मरेको जानकारी नपाई मुद्दा सकार गर्न जाने अवस्था नै नपर्ने र सो जानकारी नभएबाट वादीको वारिस तारिख बसेको छँदै वादीले मुद्दा सकार गरी तारिखमा नरहेको भनी मुद्दा किनारा हुँदा प्रचलनमा रहेको मुलुकी ऐनमा भएको व्यवस्थाबाट पनि मुद्दा डिसमिस गर्न कानूनले नमिल्ने । (प्रकरण नं. १२) क्षेत्रीय अदालतले गरेको इन्साफमा डिभिजन बेञ्चबाट सबूद प्रमाणको मूल्यांकन गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरेको देखिन नआएको डिभिजन बेञ्चको सो बमोजिम गरी क्षेत्रीय अदालतको इन्साफ सदर बदर गरी बोल्नु बेगर फुल बेञ्चबाट सो इन्साफमा सबूद प्रमाण मूल्यांकन गरी ठहर गर्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2997 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2044/01/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2997 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
