नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3000 · वि.सं. २०४४
नि.नं. 3000 — अंश मुद्दामा पुनरावेदनको अनुमति पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
अ.बं. १७९ नं. मा डिसमिस भई सकेपछि त्यसै वादी वा पुनरावेदकको त्यसै प्रतिवादी वा विपक्षी उपर त्यसै मुद्दामा अर्को नालेश वा पुनरावेदन लाग्न सक्दैन भन्ने स्पष्ट व्यवस्था भएको पाइन्छ । (प्रकरण नं. ७) पछि आएको संशोधित कानूनले पहिले प्रचलनमा रहेको कानूनले प्राप्त गरी सकेको हक तथा दायित्वलाई सो संशोधित ऐनमा सोही बमोजिमको स्पष्ट व्यवस्था नभएसम्म कुनै किसिमले असर पार्ने भन्न नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४(ग) ले समेत नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3000 |
|---|---|
| मुद्दाको विषय | अंश मुद्दामा पुनरावेदनको अनुमति पाउँ |
| निर्णय वर्ष / मिति | 2044/01/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।१।१४ मा आदेश भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको तर्क छ सो कुरामा दुई मत हुन सक्दैन तर मानिसको यो अधिकार पनि कानूनबाट व्यवस्थित गरे बमोजिम मात्र उपभोग गर्न पाइने हो । कानूनले नै माथि देखाइए बमोजिम एकपटक अंश पाउँ भन्ने दावी लिई डिसमिस गराएपछि फेरी सोही व्यक्तिले सोही व्यक्ति उपर सोही कुरामा अर्को फिराद दिन पाउँदैन भन्ने कानूनी व्यवस्था यथावत छँदै सो कानून त्रुटिपूर्ण हुँदा सर्वोच्च अदालतबाट अंशको कुरामा एकपटक मुद्दा दिई डिसमिस गराए पनि मानिसको अंश पाउने हक जान नसक्ने भन्ने सिद्धान्त अपनाई रहेको र सोही कानूनको त्रुटि हटाउन अंशबण्डाको ३२ नं. मा अंश मुद्दामा वादीले तारिख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम फैसला गर्नु पर्छ भन्ने मिति २०३४।९।२७ मा संशोधन समेत भएको भन्ने तर्क गरी सो संशोधित ऐन स्पष्ट रुपमा पश्चातदर्शी हुने गरी लागु नभएसम्म संशोधित ऐनको व्यवस्था आउनु पूर्व बहाल रहेको कानून त्रुटिपूर्ण मानी अदालतले अन्यथा ठहर गर्नु कानूनी सिद्धान्तको प्रतिकूल पर्न जान्छ । साथै पछि आएको संशोधन कानूनले पहिले प्रचलनमा रहेको कानूनले प्राप्त | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3000 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
