नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3007 · वि.सं. २०४४

नि.नं. 3007 — उत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

आयकर ऐन, ०३१ को दफा ३४ को उपदफा (२) ले गरेको व्यवस्था बमोजिम पुनः कर निर्धारणमा पुनरावेदन नलाग्ने व्यवस्था गरेको भए तापनि प्रतिबन्धात्मक प्रावधानले सो मूल उपदफालाई नियन्त्रण गरी केही खास अवस्थामा अनुमतिको माध्यमबाट पुनरावेदन लाग्ने । (प्रकरण नं. २०) कर कार्यालयबाट गरिने कर निर्धारण कर अधिकृतले नै गरेको हुन्छ । कर कार्यालय काठमाडौंमा फाइल पठाई दिने भन्ने महानिर्देशकको निर्णयबाट कर कार्यालयको कर अधिकृतलाई कर निर्धारण गर्न तोकिएको मान्नु पर्दछ । पुनः कर निर्धारण उपर म.क्षे.अ. बाट अनुमति प्रदान भई पुनरावेदनमा दर्ता भइसकेको देखिन आउँछ । मुद्दाको निर्णय गर्दा उक्त उपदफामा उल्लिखित त्रुटिहरू विद्यमान छैन भनी हेरिनु पर्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3007
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।
निर्णय वर्ष / मिति2044/02/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3007
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्