नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3022 · वि.सं. २०४४

नि.नं. 3022 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

यस अदालतबाट विपक्षीको नाममा सूचना म्याद जाँदा साविक वडा नं. २८ को हाल वडा नं. ३० बस्ने भनी वतन लेखी सूचना म्याद तामेल हुन गएकोमा म्याद तामेल भई आउँदा तामेली व्यहोरामा पनि साविक वडा नं. २८ को हाल वडा नं. ३० नभएको साविक वडा नं. १७ र १८ को मात्र हाल वडा नं. ३० भएको भन्ने वडा समितिबाट बुझिएको वडा नं. ३० मा घरद्वार फेला नपरेको भनी जनिई तामेल भई आएको देखिएबाट निवेदकको जिकिर बमोजिम सो अवस्था गलत वतन देखाएको नै देखिन आएकोले संयुक्त इजलासबाट विपक्षीको गलत वतनमा सूचना म्याद तामेल गरी सो आधारमा मुद्दा किनारा गरेको प्राकृतिक न्यायको विपरीत देखिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3022
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2044/03/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3022
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्