नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3088 · वि.सं. २०४४

नि.नं. 3088 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन अदालती बन्दोवस्तको ६२(३) मा हेर्दा ऐनले बिगो भर्नु भराउनु दिनु दिलाउनु वा सम्पत्ति चलन चलाउनु लिनु पर्ने मुद्दाका म्याद तारिखमा हाजिर हुनु पर्ने व्यक्ति मरी वा बौलाहा वा बेपत्ता भई म्याद तारेख गुज्रेमा मरी वा बौलाहा वा बेपत्ता भएको मितिले बाटाका म्याद बाहेक पैंतिस दिनभित्र निजको दैयादारले म्याद तारिख थामी मुद्दा सकार गर्न अड्डामा हाजिर भई निवेदनपत्र दिएमा म्याद तारिख थामी दिई मुद्दा सकार गराई दिनु पर्ने । (प्रकरण नं. १३) पुनरावेदिका दैयादार देखिन नआएको मर्ने विवाहिता नन्द नाताकी देखिन आएकीले यसोदराले दिएको पुनरावेदनमा निज मरी यी बाबु देइलाई सकार गराई कारवाही तथा इन्साफ गर्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3088
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2044/03/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3088
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्