नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3092 · वि.सं. २०४४
नि.नं. 3092 — घर भत्काई बाटो खुलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
गा.पं.ले सार्वजनिक हितको लागि जग्गा खरीद गरी बाटो खुलाई बाटो मिचिन गएकोमा व्यक्तिले नालेश गर्न नपाउने भन्ने ऐनमा व्यवस्था भएको पाइँदैन, बाटो व्यक्तिगत हितको लागि मात्र नभई सार्वजनिक हितको लागि हुने हुँदा सार्वजनिक हितको लागि प्रयोग हुने सम्पत्तिको संरक्षण गर्नु प्रत्येक व्यक्तिको कर्तव्य समेत हुन जान्छ । सार्वजनिक सम्पत्तिको संरक्षण नभएको खण्डमा सार्वजनिक सम्पत्तिको हिनामिना हुन जान्छ । यस्तो सम्पत्तिको संरक्षण गरिपाउँ भनी पञ्चायतले उजूर नगरेको अवस्थामा सन्धिसर्पन तथा सरोकार पर्ने अरु कुनै व्यक्तिले नालेश दिन जो जसले ल्याए पनि लिई कारवाही गरी दिनलाई ऐनले बाधा उत्पन्न गरेको देखिन नआएको स्थितिमा पञ्चायत बाहेक अरु व्यक्तिको उजूर लाग्न नसक्ने भनी अ.बं. ८२ नं. बमोजिम फिराद खारेज गर्ने गरेको शुरु जि.अ.को इन्साफ मनासिब ठहर गरेको प.क्षे.अ.को इन्साफसंग सहमत हुन नसकिने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3092 |
|---|---|
| मुद्दाको विषय | घर भत्काई बाटो खुलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2044/03/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3092 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
