नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3074 · वि.सं. २०४४

नि.नं. 3074 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

सगोल अंश हकको जग्गा बकसपत्र गरी दिँदा सगोलको अंशियारको मन्जूरी लिन पर्ने । (प्रकरण नं. १३) अंशबण्डाको १९ नं. मा भएको व्यवस्थामा स्वास्नी छोरा वा विधवा बुहारी भएका मानिसलाई आफ्नो घर व्यवहार चलाउन अचलको आधिसम्म आफ्नो खुश गर्न पाउने गरी अधिकार प्रदान भएको देखिन आउँछ, प्रस्तुत मुद्दामा जस्तो विधवा बुहारी नाति छोरा भएका स्वास्नी मानिसलाई सो अधिकार दिएको भन्न मिल्दैन, प्रस्तुत मुद्दामा सगोलको सम्पत्ति राजीनामा बिक्री गरी दिएको नदेखिई हालैको बकसपत्र गरी दिएको देखिन आएको दान बकसको महलमा सो बमोजिम गर्न पाउने अधिकार कसैलाई प्रदान गरेको नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3074
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2043/08/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3074
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्