नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3086 · वि.सं. २०४४

नि.नं. 3086 — ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रहरीमा भएको बयानमा निजको लेखात्मक सहिछाप परेको देखिन्छ, बेहोशी अवस्थामा रेखात्मक सहिछाप गराउन समर्थ भए पनि स्वेच्छा वेगर लेखात्मक सहिछाप गराउन सकिने हुँदैन, यस स्थितिमा प्रमाण ऐन, २०३१ को दफा ९ ले प्रहरीमा गरेको बयान प्रमाण लिन सकिने । (प्रकरण नं. २९) कुटपिट मुद्दामा सकारेको सरजमीनको बकपत्रलाई पछि होइन प्रहरीले आफूखुशी लेखी सहिछाप गर भनेकोले सहिछाप गरेको भनी प्रहरीलाई दोष दिएको कुरा वास्तविक र कानूनी तथ्य हो भनी मान्न र लिन नमिल्ने । (प्रकरण नं. ३०) पुरानो रिसइवी केही नभई वारदात स्थलमा दुई पक्ष बीच भनाभन हुँदा तत्काल उठेको रीसबाट भिडको अगाडि रहेको भरोसीलाई हानेको लाठीको चोटबाट निज भरोसीको तत्कालै मृत्यु भएको देखिँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने ठहर्‍याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3086
मुद्दाको विषयज्यान ।
निर्णय वर्ष / मिति2044/05/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3086
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्