नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3087 · वि.सं. २०४४
नि.नं. 3087 — ज्यान मार्ने उद्योग ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिसिल संलग्न केश फाराम हेरिएमा अगाडिका महलहरूमा छाला खुइलिएको ३५ दिनमा निको हुने ३½ र २ से.मी. लम्बाई सम्मका घाउहरू भएको भनी जनिए तापनि त्यसपछिका महलहरूमा धार भएको हतियार र कडा भन्ने महलमा चिनो लगाई राखेको देखिएबाट माथि लेखिएको कुरा समर्थन हुन नसकी घाउ खत परेका भनी देखाइएका ठाउँहरू जाहेरी दर्खास्तमा उल्लेख भए बमोजिम कै देखिन आएबाट केश फारामको अघिल्ला महलहरूमा लेखिएका र जनिएका कुराहरू नै साँचो हो भन्न सकिने अवस्था रहन नआउने । (प्रकरण नं. ३३) हाजिरीमा देखाइए बमोजिम साउन १ गते देखि हाजिर भई कामकाज गरेको नदेखिने भनी साउन भाद्र महीनाको समेत हाजिरी फाराम पठाएकोमा निज दर्शनकला साउन २६ गते सम्म विरामी नै रही ऐ. २७ गते देखि मात्र हाजिर रहेको देखिन आएबाट निज दर्शनकला साउन १ गते देखि नै हाजिर रही काम गरिआएको भनी देखाउने असफल प्रयास गरेको देखिन आउने । (प्रकरण नं. ३४) पेश गरेको औषधि उपचारको प्रमाणपत्र कुनै सरकारी अस्पतालको नभई एकजना प्राइभेट डाक्टरको देखिएको हुँदा निसन्देह रुपबाट प्रमाणमा लिन सकिने अवस्थाको नदेखिएको र आफ्नो सफाइमा पेश गरेको साक्षीहरूको बकाई समेत आपसमा नमिली फरक परेको देखिन आएकोले यस अवस्थामा निजको इन्कारी बहस जिकिर बमोजिम साँचो मान्न सकिने अवस्थाको देखिन नआउने । (प्रकरण नं. ३५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3087 |
|---|---|
| मुद्दाको विषय | ज्यान मार्ने उद्योग । |
| निर्णय वर्ष / मिति | 2044/05/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3087 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
