नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3094 · वि.सं. २०४४

नि.नं. 3094 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

विभागीय सजायँको आदेश उपर पुनरावेदन सुनी प्रस्तावित सजायँको आदेशमा थपघट गर्न जे ठिक लाग्छ त्यसको अन्तिम आदेश दिन पुनरावेदन सुन्ने अधिकारीले नि.से.नि., २०२१ को नियम १०.१४(२) बमोजिम सक्ने नै हुँदा त्यस्तोमा स्पष्टीकरण नदिई सजायँ गरियो भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ९) विभागीय कारवाहीको लागि जुन आधारहरू पर्याप्त हुन्छन अदालती कारवाहीको लागि ती आधारहरू पर्याप्त नमानिन पनि सक्ने । (प्रकरण नं. १०) भ्रष्टाचार गरेको आरोप निवेदक उपर लागेको र सो आरोप आधार प्रमाणहरू समेत उल्लेख गरिएको स्थितिमा त्यस्तो कारवाहीलाई त्रुटिपूर्ण मान्न सकिने स्थिति नरहने । (प्रकरण नं. १०) भ्रष्टाचार यति व्यापक शब्द छ कि यसलाई परिभाषित गर्नु कठिन छ, भ्रष्टाचार शब्दलाई परिभाषा गरी निश्चित सीमारेखा भित्र आवद्ध गर्ने कार्य जोखिमपूर्ण छ भन्ने महसूस गरेर नै विधायिकाले भ्रष्टाचार निवारण ऐन, ०१७ मा भ्रष्टाचारको परिभाषा नगरेको महसूस हुन्छ, उक्त ऐनको परिच्छेद २ मा उक्त ऐन अन्तर्गत कारवाही हुने केही अपराधहरू र तिनमा हुने सजायँको व्यवस्था गरे पनि भ्रष्टाचार शब्दले उक्त परिच्छेद २ मा वर्णित कसूरलाई मात्र जनाउँछ भन्न नसकिने । (प्रकरण नं. ११) भ्रष्टाचार निवारण ऐन नियम अन्तर्गतको कारवाही नभई निजामती सेवा नियमावली बमोजिमको भ्रष्टाचारमा कारवाही गरिएको हुँदा भ्रष्टाचार निवारण ऐन अन्तर्गतको दफा खोल्नु पर्ने बाध्यता नआउने । (प्रकरण नं. १२) निजामती सेवा नियमावली अन्तर्गतको कारवाहीमा उल्लेखित भ्रष्टाचार शब्दको व्याख्या सर्वमान्य किसिमबाट लिइनु पर्दछ, यस शब्दलाई भ्रष्टाचार मुद्दामा भएको अदालती कारवाहीसंग गाँस्न वा त्यस्तै सम्झन मिल्दैन, निजामती सेवा नियमावली बमोजिमको भ्रष्टाचारमा विभागीय प्रमुखले गरेको कारवाहीलाई भ्रष्टाचार निवारण ऐन भित्र परिभाषा गर्न खोज्ने हो भने नि.से.नि. को विभागीय कारवाहीको व्यवस्था निस्कृय हुन जाने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3094
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निर्णय वर्ष / मिति2044/02/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3094
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्