नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3085 · वि.सं. २०४४

नि.नं. 3085 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै तोकिएको म्याद लागि नियुक्त भएको पुरै म्याद भुक्तान नगरी तोकिएको म्याद अगावै पदबाट कुनै कारणबस अलग हुन्छ वा बहाली रहँदैन भने त्यस्तो अवस्थामा त्यस्तो व्यक्तिको बहाल टुटेको मान्नु पर्ने । (प्रकरण नं. १४) तोकिएको म्याद अगावै सञ्चालकको मृत्यु भई रिक्त हुन आएको सञ्चालक पदलाई सञ्चालकको बहाल कायमै रहेको मान्न नमिल्ने । (प्रकरण नं. १५) रिक्त रहेको पदमा वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ को उपदफा (६) बमोजिम बाँकी अवधिका लागि त्यसपछि हुने साधारण सभाबाट अनुमोदन गराउने गरी सञ्चालक नियुक्त गर्न पाउने अधिकार सञ्चालक समितिलाई भएकै देखिँदा सो अधिकार क्षेत्रभित्र रही सञ्चालकमा नियुक्त गरेको नेपाल बैंक लिमिटेड सञ्चालक समितिको निर्णय कानून अनुरुप भए गरेको देखिने। (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3085
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/05/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3085
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्