लो.से.आ. को सामान्य सिद्धान्त २०३५ को दफा १३(१)(ग) हेर्दा सेवाकालिन आन्तरिक वा वैदेशिक तालिम वापत कुनै एउटा तालिमलाई मात्र देहाय अंक दिनु पर्ने छ भनी प्रथम श्रेणी १० द्वितीय श्रेणी ८ तृतीय श्रेणी ६ र प्रमाणपत्रमा श्रेणी नखुलेकोले एकमुष्ट द्वितीय श्रेणी वापतको…
गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) मा भएको व्यवस्थालाई हेर्दा श्री ५ को सरकारले शहरी क्षेत्र घोषित गरेको क्षेत्र भित्रको राजगुठी जग्गाको ३ खण्डको २ खण्ड दर्तावालकै नाममा र एकखण्ड खास जोताहाको नाममा दर्ता गरिने छ भन्ने व्यवस्था भएको पाइन्छ, अतः रिट निवेदक उपरोक…
अंश लिई भिन्दै बसेपछि छोरा जन्मेमा त्यस्तो छोराले अंश लिई बेगल बसेकोबाट अंश नपाउने । (प्रकरण नं. २४) मानो छुट्टिनु र अंश लिई बेगल बस्ने एउटै कुरा नभई अलग अलग विषय वस्तु हुन, तसर्थ मुद्दा पर्दैको अवस्थामा वादीहरूको जन्म भएको र अंश लिई बेगल बसी सकेको भन्ने ठहर न…
हक बेहकको विवाद उत्पन्न भएमा अदालतको निर्णयले मात्र हक बेहक हुन सक्ने भएकोले सो कागज बदर गरी रहन पर्ने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
स्पोर्ट सामान झिकाउने इजाजतबाट रिट निवेदकले पैठारी गरेको क्यानभास जूत्ता स्पोर्ट सामान भित्र पर्छ पर्दैन भन्ने विवादको कुरामा भन्सार महसूल दरबन्दीको आधारभूत पुस्तक समेतको आधार उल्लेख गरी सो जुत्ता स्पोर्ट सामान भित्र पर्दैन भन्ने समेत तथ्यको निरोपण गरी विराटनग…
प्रत्यर्थीबाट जग्गा कमाउन लिएको कबूलियत रिट निवेदकले पेश दाखिल गर्न सकेको छैन, विवादित जग्गा विद्यालयले प्राप्त गर्नु भन्दा अघि नै रिट निवेदकले मोहियानी प्राप्त गरेको भए साविकको अमुक जग्गावालाबाट मोहियानीमा कमाउन लिएको भन्न सकेको छैन, ४ नं. जो.अ.नि. पाएको भनेक…
भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) मा गरिएको व्यवस्था अनुसार झट्केलो छोरालाई परिवार भित्रको व्यक्ति भनी संज्ञा दिन मिल्ने देखिँदैन एक परिवार भित्रको व्यक्ति नदेखिए पछि निजले झट्केलो बाबुपट्टिको सम्पत्तिमा कानूनको अधिनमा रही मोहियानी हक प्राप्त गर्न सक्ने । (प्र…
मध्यस्थता ऐन, २०३८ को दफा ५(२) अनुसार मुख्य मध्यस्थता नियुक्त गरेकोमा मध्यस्थता ऐन, २०३८ मा मध्यस्थता नियुक्त गर्ने आदेश उपर पुनरावेदन लाग्ने व्यवस्था गरेको देखिन आउँदैन, अतः मध्यस्थता नियुक्ति गर्ने आदेशलाई न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१) मा व्यवस्थ…
गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(४) अनुसार गाउँपञ्चायतको बैठकले प्रधानपञ्च उपप्रधानपञ्चको अध्यक्षतामा तीनजना भएको गाउँ न्यायिक समिति गठन गर्ने व्यवस्था गरेकोबाट गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१) बमोजिम पर्ने मुद्दामा कारवाही तथा निर्णय दफा ४१(४) बमोजिम गठित समित…
२००४ सालमा मानो छुट्टिएको भनी जिकिर लिएको र वादी र प्रतिवादी समेत भएको अंश मुद्दामा २००४ सालमा मानो छुट्टिएको मिति कायम गरी अंश दिने दिलाउने गरी लुम्बिनी अञ्चल अदालत समेतबाट अन्तिम फैसला भई रहिरहेको देखिएको समेतबाट प्र.को हकमा २००४ सालकै मितिको चुलो मानो छुट्ट…
वादी प्रतिवादीका आमा एउटै र बाबुहरू बेग्लाबेग्लै भए पनि वादीका बाबु र प्रतिवादीका बाबु एकासगोलका अंशियार दाज्युभाइ भएका निजहरू छुट्टि भिन्न नभई परलोक भई सकेकोमा एकाको छोरा वादी मात्र र अर्काको छोरा प्रतिवादी मात्र भएका हालसम्म पनि निजहरू एकासगोलमै बसिआएको देखि…
भूमिसुधार कार्यालय मोरंगबाट सर्वोच्च अदालतको रिटमा भएको परमादेश बमोजिम निर्णय गरिसकेको मिसिलबाट देखिँदैन । यस्तो स्थितिमा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला कायम राख्न नमिल्ने । (प्रकरण नं. १४)
मध्यस्थता ऐन, २०३८ को दफा २१(१) को हदम्याद सोही ऐन अन्तर्गत नियुक्त मध्यस्थले गरेको निर्णय सम्बन्धमा मात्र लाग्ने व्यवस्था भएको र सो ऐनको दफा ३२ मा भएको व्यवस्थाबाट अरु प्रचलित कानूनमा मध्यस्थता सम्बन्धमा व्यवस्था भएको भए सोही बमोजिम हुने भन्ने देखिएकोले यदि अ…
२०२५।१।६ को लुम्बिनी अञ्चलाधीश कार्यालयको पर्चा हेरिएमा सो पर्चामा सहकारी संस्थामा परिणत हुँदाका अध्यक्ष तथा सेक्रेटरी समेतलाई बुझ्दा रु. २८,४१८।२८ को मालसामान खरीद गरी ल्याएको हो भन्ने सावितै हुनाले सो रु. २८,४१८।२८ बुझिलिई जिम्मा लिने समेतबाट साँवा व्याज समे…
एको नमिल्ने भनी श्री ५ को सरकारको पुनरावेदन नै परेकोबाट साधकको लगत कायम राखी विचार गर्न नपर्ने । (प्रकरण नं. २५) ज्यान मार्ने कार्य डाँका वारदात संगै भएको भन्ने हुँदा दावी बमोजिम डाँका ठहर्ने नठहर्ने के हो ? निर्णय दिनु पर्ने । (प्रकरण नं. २५)
जि.पं. ऐन, २०१९ को सम्बन्धित भनी देखाइएको दफा ३५ को उपदफा ६ मा जि.पं.ले जिल्ला भित्र श्री ५ को सरकारद्वारा ठेक्का लगाएको जलवाहेक भन्ने उल्लेख भएकोबाट श्री ५ को सरकारले कसैलाई सो दफामा देखाइएका चीजहरू उठाउन ठेक्का दिई उठाउन लगाएमा त्यसमा जि.पं. ले कर लगाउन नपाउ…
वादीले मिति ०३४।१२।२० मा कबूलियत गरिए बमोजिम मिति ०३४।१२।२४ मा पावर टिलर राम्रो अवस्थामा रहेको पाएँ भनी मिति ०३५।१।७ मा मोरङ अटो वर्क्स विर्तामोडबाट पावर टिलर बुझी लिएको र मिति ०३५।११।१४ मा पहिलो किस्ता वादीले प्र.लाई बुझाउँदाको अवस्थामा समेत पावर टिलर सेकेण्ड…
प्रतिवादीले करणी गरेको होइन र त्यसै समयमा म विदेश गएको थिएँ भनी इन्कार गरेको कुरालाई वादीले प्रमाणित गर्न सकेको देखिँदैन, यस्तो स्थितिमा वादीको विवाहिता लोग्ने नै ०४० साल कार्तिक, मार्गसम्म माइत घरमा वादीसंग भेटघाट बसउठ गर्ने गरेको भन्ने कुरा प्रष्ट देखिँदा दे…
मृतकले जाहेरी दर्खास्त दिएको र वीर अस्पतालमा उपचार हुँदा हुँदै सोही दिन राती १०:४० बजे निजको मृत्यु भएको भएपछि जाहेरी दर्खास्तमा उल्लेख भएका कुरालाई मृत्युकालीन घोषणा (Dying Declaration) हो भनी प्रमाण ऐन, २०३१ को दफा ११ ले मान्न मिल्ने । (प्रकरण नं. २८)
विवादित घर जग्गा स्ववासी नठहरी जग्गाधनी देवाली गुठीको ठहरी निर्णय भएकोले जग्गाधनी देवाली गुठीको सो जग्गा राजीनामा लिनु दिनु गर्दा पनि सोही बमोजिमको व्यहोरा खोली लिनु दिनु गर्नु पर्नेमा सो व्यहोरा नजनाई गुठीको जग्गा धनीको हकमा असर पर्ने गरी तिरो नलाग्ने स्ववासी…
रजिष्ट्रेशनको ३७ नं. बमोजिम रुपैयाँ लिनु दिनु गरेकोमा बुझाउनेले कागजको पिठमा यस मितिमा यति रुपैंयाँ बढी लिए भन्ने व्यहोरा लेखी बुझी लिने धनीको ऐन बमोजिमको रीत पुर्याई सहिछाप गराई फट्टा लिई रजिष्ट्रेशन गर्ने अड्डामा जान पर्ने । (प्रकरण नं. १२)