नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3100 · वि.सं. २०४४

नि.नं. 3100 — लोग्ने कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले करणी गरेको होइन र त्यसै समयमा म विदेश गएको थिएँ भनी इन्कार गरेको कुरालाई वादीले प्रमाणित गर्न सकेको देखिँदैन, यस्तो स्थितिमा वादीको विवाहिता लोग्ने नै ०४० साल कार्तिक, मार्गसम्म माइत घरमा वादीसंग भेटघाट बसउठ गर्ने गरेको भन्ने कुरा प्रष्ट देखिँदा देखिँदै वादी दावी बमोजिम पुनरावेदक प्रतिवादीलाई लोग्ने कायम गर्ने गरेको फैसला कानून एवं न्यायसंगत नदेखिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3100
मुद्दाको विषयलोग्ने कायम
निर्णय वर्ष / मिति2044/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3100
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्