जब कुनै उद्योग औ.व्य. ऐन अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा मात्र उक्त उपदफा (२) बमोजिमको सुवि…
औ.व्य.ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) बमोजिम सुविधा पाउने भएको उद्योगले त्यस्तो सुविधा पूर्ण अवधिभर पाउने र त्यस्तो पाएको सुविधालाई उक्त खण्ड (ग) को उपखण्ड (४) बमोजिम प्रकाशित गर्दैमा कुण्ठित गर्न सक्ने नदेखिने । (प्रकरण नं. १६)
निखनाई पाउँ भन्ने मुद्दामा मालबाट सुनाएकोमा जि.का.का. को अन्तिम निर्णय उपर क्षेत्रीय अदालतमा अनुमतिको लागि निवेदन दिन पाउने न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ ले अधिकार प्रदान गरेकै देखिन्छ, कानूनले प्रदान गरेको अधिकार बमोजिम निवेदन दिई सो निवेदनमा आदेश भएक…
प्रचलित कानून तथा व्यवहार हिन्दु सदाचार समेतमा दुरुस्त मिल्ने गरी गरेको शर्तलाई उल्लघंन हुने गरी वादीका मन्जूरी बेगर लिनु दिनु समेत गरेको विवादित राजीनामा लिखतलाई जालसाजी ठहर्याई गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण )
कि.नं. ६०२ को जग्गा खरीद गर्दा विवादको कि.नं. ६०३ का घरलाई सत्तल भनी किल्ला देखाएको पाइन्छ, यसबाट विवादको घर वादी दावी अनुसार वादीहरूको स्ववासी भन्ने देखिन नआई सो घर सत्तल भन्ने देखिन आएकोछ, सो द्वारिकामानबाट वादीले खरीद गरी लिएको हाल नापीको कि.नं. ६०२ को जग्ग…
सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को अनसूची १ भित्र पर्ने मुद्दामा अपराध सम्बन्धी अनुसन्धान गर्न थुनामा राख्न पाउने नै देखिन्छ । स.मु.स. ऐन, २०१७ को अनुसूची १ भित्र परेको मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न कारवाही गर्न अनुमतिको लागि स.मु.स. ऐन, २०१७ को दफा ७…
राजीनामा माइती मै बसेको अवस्थामा गराई लिएको देखिएकोमा सगोलको सम्पत्तिबाट किनेको हो भनी वादीले साक्षी दिएकोमा भगवान दत्त कुर्मीले लिखतको ऋणी थैली समेतको वारेमा विवरण दिन नसकेकोले निजको भनाई तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १२) अंशियारले नेपालमा आई सम्पत्ति आ…
न्या.प्र.सु. ऐन, ०३१ को दफा १५ मा भएको व्यवस्थाबाट त्यस्तो प्रतिवादीको पेटबोलीबाट बुझ्नु पर्ने प्रमाणका मानिसहरुलाई पुनरावेदन सुन्ने अदालतबाट बुझ्न सक्ने सम्म व्यवस्था भएको तर पुनरावेदन सुन्ने अदालतबाटै बुझी निर्णय गर्नु पर्ने भनी अनिवार्य व्यवस्था गरेको नदेखि…
आवाद गर्न नहुने सन्धी सर्पन जग्गा दर्ता गराएकोमा उजूर गर्ने हदम्याद किटी दिएकोले यस्तोमा अ.बं. ३६ नं. ले जहिले सुकै पनि उजूर गर्न पाउने हुँदा वादी दावीको सन्धीसर्पन गरेको भनेको जग्गा दर्ता गराएको थाहा पाई नापीमा उजूर गर्न गएकोमा नापीबाट दर्ता भइसकेकोमा दर्ता ब…
आफूले हासिल गर्न सक्ने सुविधा उपभोग गरिसकेपछि सोहि निर्णय वा कारवाहीमा विवाद गर्नु (Approbate and Reprobate) सिद्धान्ततः मिल्ने कुरा होइन, मिलापत्रलाई स्वीकार गरी पर्खाल बनाई सकेपछि बाँकी कारवाही अनाधिकृत भन्न नसकिने । (प्रकरण नं. १३)
आवश्यक अनुसन्धानको कार्य पुरा गरी मिसिल तामेलीमा राखिपाउँ भन्ने माग राखी प्रहरी प्रतिवेदन सहितको मिसिल अदालतमा बुझाई सकेको भन्ने देखिन आएको अवस्थामा माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
निवेदिकाले मिति ०३५।१०।११।५ मा घरेलु तथा ग्रामिण उद्योगबाट श्री स्वस्तिक उद्योग रजिष्ट्रर गरी प्रमाणपत्र लिएको देखिन्छ, उक्त उद्योग घरेलु उद्योगको वर्गीकरण भित्र पर्ने कुरामा विवाद देखिँदैन, उक्त उद्योगको उद्देश्य चप्पलको फित्ता बनाउने भएको उद्योग रजिष्ट्रर प्…
ठेगाना नखुलेको अवस्थामा सो ठेगानामा म्याद तामेल हुन नसेकेको अवस्थामा सार्वजनिक सूचना टाँस गरिने अवस्था पर्ने । (प्रकरण नं. ९) मालपोत कार्यालयको अभिलेखबाट आराथनु कम्पनीको पर्साको ठेगाना खुलेको देखिँदा सार्वजनिक सूचनालाई रीत पूर्वक जानकारी दिइएको भन्न मिलेन । (प…
एक पटक आफूले बके भनेको कुरा अक्षरस त्यही नै हुनपर्छ भन्नु स्वाभाविक हुन सक्ने देखिन आउँदैन, एकपटक व्यक्त गरी सकेको कुरा पुनः केही समयपछि व्यक्त गर्नु पर्दा सामान्य फेरबदल हुँदैमा त्यसलाई आफैले भनेको कुरा एक आपसमा बाझियो भनी भन्न मिल्ने देखिँदैन, यसरी अक्षरको फ…
एउटा स्त्री जातीले आफ्नो लोग्ने भएकै अवस्था खास तथ्यको अभावमा अर्को संग करणी लिनुदिनु भएको हो, जसबाट गर्भ पनि रहयो र गर्भ पतन समेत भयो भनी सिलसिलेवार रुपले घटना क्रमको वर्णन गर्दै कसैको नाम लिनु पर्ने अवस्था पर्न नआउने । (प्रकरण नं. २०)
प्रकाशन तथा छापाखान नियमावली संशोधन सहित, ०४१ को नियम ६ ले तोकेको बमोजिमको अंक प्रकाशन गर्न नसकेको कारणले सो पत्रिकाको प्रकाशनलाई निलम्बन गर्न सक्ने गरी विपक्षीले श्री ५ को सरकारलाई कुनै कानूनले अधिकार नदिए सम्म पत्रिकाले प्रकाशन गर्न पाउने गरी कानून बमोजिम पा…
एक पटक जरिवाना नतिरे वापत कैदवर्ष ४ ठेकिसकेपछि पुनः सोही मुद्दामा पुनरावेदन गरे वापतको थप जरिवाना नतिरेको भनी अर्को ४ वर्ष कैद ठेक्न दण्ड सजायँको महलको ३८(१) समेतले नमिल्ने । (प्रकरण नं. १२)
न.नं. १४ को पूर्वपट्टि न.नं. ६ को प्र्र्र्र्रतिवादी रामेश्वरानन्दको जग्गा भएको र प्रतिवादीको न.नं. ६ को जग्गालाई पश्चिम र दक्षिण तर्फबाट पर्खालले छुट्याई दिएको र सो पर्खाल नाघी प्रतिवादीको न.नं. १४ मा हक कायम हुने स्थिति नदेखिएकोले न.नं. १४ को जग्गा जोडिएकै दे…
सम्बन्धित गुठी संस्थान र मालपोत कार्यालय समेतले गरेको निर्णयमा प्रतिकार नगरी रिट निवेदन दिई रिट क्षेत्रमा आएको देखिएबाट यस अदालतले रिट क्षेत्रबाट तथ्यमा प्रबेश गरी हेर्न नमिल्ने । (प्रकरण नं. १०)
न्यूनतम आवश्यक योग्यतामा वा “पि.एच.डी.” भन्ने शब्द उल्लेख भएकोबाट मास्टर डिग्रीमा प्रथम श्रेणीमा उर्तीर्ण भई पि.एच.डि.गरेको हुनपर्ने भन्ने अर्थ गर्न मिल्दैन । सम्बन्धित विषयमा पि.एच.डी. हुनु नै पर्याप्त हुन्छ । निवेदकले संपूर्णानन्द संस्कृत विश्व विद्यालयबाट प…
नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिमको ढाँचामा तयार गरिसकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ भन्ने व्यवस्था गरेबाट त्यस्तो लगत सम्बन्धित वार्डबाटै प्रकाशन हुनु पर्ने बाध…