नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3123 · वि.सं. २०४४
नि.नं. 3123 — खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
न.नं. १४ को पूर्वपट्टि न.नं. ६ को प्र्र्र्र्रतिवादी रामेश्वरानन्दको जग्गा भएको र प्रतिवादीको न.नं. ६ को जग्गालाई पश्चिम र दक्षिण तर्फबाट पर्खालले छुट्याई दिएको र सो पर्खाल नाघी प्रतिवादीको न.नं. १४ मा हक कायम हुने स्थिति नदेखिएकोले न.नं. १४ को जग्गा जोडिएकै देखिएकोले न.नं. १४ को जग्गा वादीको कायम गर्ने गरी शुरुको सदर गरेको वागमती अञ्चल अदालतको इन्साफलाई मनासिब ठहर्याई म.क्षे.अ. ले गरेको निर्णय मिलकै देखिने । (प्रकरण नं. १५) वादीको न.नं. १३ को घर सो घरसंग वादीको कायम हुन आएको न.नं. १४ को जग्गा न.नं. ५ को कृष्ण मन्दिर संग उत्तर तर्फको न.नं. १२ को साझा चोक समेत जोडिएको, विवादित न.नं. ५ को कृष्ण मन्दिरमा वादीले आवत जावत गर्न सक्ने नै देखिएको, न.नं. ३ र न.नं. ६ को जग्गालाई पश्चिम तर्फबाट प्रतिवादीहरूले पर्खाल लगाई छुट्याएको छ, त्यसरी नै न.नं. ५ को पश्चिम तर्फ पर्खाल लगाई छुट्याएको पनि देखिन नआएकोबाट दुवै पक्षको पूर्खाले निर्माण गरेको न.नं. ५ को कृष्ण मन्दिर वादी प्रतिवादी दुवै पक्ष समेतको साझा देखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3123 |
|---|---|
| मुद्दाको विषय | खिचोला |
| निर्णय वर्ष / मिति | 2044/04/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3123 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
