नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3135 · वि.सं. २०४४

नि.नं. 3135 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

राजीनामा माइती मै बसेको अवस्थामा गराई लिएको देखिएकोमा सगोलको सम्पत्तिबाट किनेको हो भनी वादीले साक्षी दिएकोमा भगवान दत्त कुर्मीले लिखतको ऋणी थैली समेतको वारेमा विवरण दिन नसकेकोले निजको भनाई तथ्ययुक्त देखिन नआउने । (प्रकरण नं. १२) अंशियारले नेपालमा आई सम्पत्ति आर्जन गरेको देखिन नआई अंशियारकी श्रीमतीले माइती तर्फबाट पाएको दाइजोको रुपैयाँले खरीद गरेको सम्पत्ति देखिँदा अंशियार अंशियार बीचमा निर्णय भएको नजीरहरू प्रस्तुत मुद्दाको वस्तुस्थितिसंग नै नमिल्ने भएकोबाट ती नजीरहरू यस मुद्दामा लाग्न सक्ने अवस्थाको नदेखिने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3135
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2044/04/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3135
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्