नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3138 · वि.सं. २०४४

नि.नं. 3138 — दर्ता बदर हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

कि.नं. ६०२ को जग्गा खरीद गर्दा विवादको कि.नं. ६०३ का घरलाई सत्तल भनी किल्ला देखाएको पाइन्छ, यसबाट विवादको घर वादी दावी अनुसार वादीहरूको स्ववासी भन्ने देखिन नआई सो घर सत्तल भन्ने देखिन आएकोछ, सो द्वारिकामानबाट वादीले खरीद गरी लिएको हाल नापीको कि.नं. ६०२ को जग्गामा निजैले घर बनाउन नक्शा दिँदा दक्षिणतर्फ रहेको विवादको घरलाई माहिला जोशीको घर भनी देखाएकोबाट समेत विवादको घर विपक्षी प्रतिवादीहरूका पूर्खा माहिला जोशीले राखेको विपक्षी प्रतिवादीहरूको हकको सत्तल भन्ने देखिन आएकोले, सो घरलाई स्ववासी भनी आफ्नो नाममा दर्ता गरिपाउँ भन्ने वादीहरूले दावी लिएको सो दावी पुग्न सक्ने अवस्था नरहने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3138
मुद्दाको विषयदर्ता बदर हक कायम ।
निर्णय वर्ष / मिति2044/07/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3138
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्