नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3140 · वि.सं. २०४४
नि.नं. 3140 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निखनाई पाउँ भन्ने मुद्दामा मालबाट सुनाएकोमा जि.का.का. को अन्तिम निर्णय उपर क्षेत्रीय अदालतमा अनुमतिको लागि निवेदन दिन पाउने न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ ले अधिकार प्रदान गरेकै देखिन्छ, कानूनले प्रदान गरेको अधिकार बमोजिम निवेदन दिई सो निवेदनमा आदेश भएको मितिले रजिष्ट्रेशनको ३५(२) बमोजिम ३५ दिन भित्र र लेनदेन व्यवहारको १४ नं. अन्तर्गत जिल्ला अदालतमा नालेश गरेको स्थितिमा जि.का.का.बाट निर्णय भएको मितिले ३५ दिन भित्र अदालतमा उजूर गर्नु पर्नेमा अनुमति नभएपछि मात्र म्याद नाघी दायर भएको भन्ने निवेदकको जिकिर अनुसार म्याद नाघी उजूर दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १८, १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3140 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/03/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3140 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
