नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3142 · वि.सं. २०४४
नि.नं. 3142 — उत्प्रेषण परमादेश लगायत अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
जब कुनै उद्योग औ.व्य. ऐन अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा मात्र उक्त उपदफा (२) बमोजिमको सुविधा पाएको उद्योग सम्झनु पर्छ । (प्रकरण नं. १०) श्री ५ को सरकार उद्योग मन्त्रालयबाट औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड ४ ले दिएको अधिकार प्रयोग गरी नेपाल राजपत्रमा सूचना प्रकाशित भई सकेपछि मात्र उद्योगको रुपमा दर्ता भएको निवेदकको उद्योगले औ.व्य. ऐन, २०३८ को दफा १० को (ग) को २ बमोजिम सञ्चालन मिति देखि ३ वर्षको अन्तःशुल्क सुविधा पाउन नसक्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3142 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत अन्य जो जे उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2044/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3142 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
