नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3127 · वि.सं. २०४४
नि.नं. 3127 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
एक पटक आफूले बके भनेको कुरा अक्षरस त्यही नै हुनपर्छ भन्नु स्वाभाविक हुन सक्ने देखिन आउँदैन, एकपटक व्यक्त गरी सकेको कुरा पुनः केही समयपछि व्यक्त गर्नु पर्दा सामान्य फेरबदल हुँदैमा त्यसलाई आफैले भनेको कुरा एक आपसमा बाझियो भनी भन्न मिल्ने देखिँदैन, यसरी अक्षरको फेर बदल हुन जानु सामान्य कुरा हो । (प्रकरण नं. १९) डाँकाहरूलाई मौकैमा देखे चिनेको भनी चस्मदिद व्यक्तिहरूले अदालतमा समेत प्रष्ट रुपमा बकपत्र गरी लेखाई दिएको अवस्थामा डाँका वारदात भएको छैन भनी स्वयं प्रतिवादीहरूले नै खण्डन गर्न नसेकेकोमा प्रतिवादीहरूका साक्षीले जाहेरवालाको घरमा डाँका वारदात नै भएको छैन भनी लेखिदिएको भरमा नै यी प्र. ले डाँका वारदात नगरेको होला भनी भन्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3127 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2044/04/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3127 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
