नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3119 · वि.सं. २०४४

नि.नं. 3119 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

नियम ६ मा भूमिसुधार टोलीले कुनै गाउँ वा नगर पञ्चायतको कुनै एक वार्डको लगत अनुसूची २ बमोजिमको ढाँचामा तयार गरिसकेपछि सो लगत वार्डको यथासम्भव सबै व्यक्तिहरूलाई एकत्रित गरी सुनाउनु पर्दछ भन्ने व्यवस्था गरेबाट त्यस्तो लगत सम्बन्धित वार्डबाटै प्रकाशन हुनु पर्ने बाध्यात्मक व्यवस्था भएको पाइन्छ तसर्थ लगत प्रकाशन कानून बमोजिम भएको नदेखिएकोले त्यसलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १२) एउटा व्यक्ति (जग्गाधनी) को नामबाट प्रकाशन भएको लगतका आधारमा अर्को व्यक्तिको नामको जग्गाको मोही कायम हुन सक्ने अवस्था नहुँदा दावीको जग्गामा रिट निवेदकलाई मोही कायम हुन नसक्ने गरी भू.सु.का. बाट भएको निर्णयमा कुनै कानूनको त्रुटि भएको नदेखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3119
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी वास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3119
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्