नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3113 · वि.सं. २०४४

नि.नं. 3113 — उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रत्यर्थीबाट जग्गा कमाउन लिएको कबूलियत रिट निवेदकले पेश दाखिल गर्न सकेको छैन, विवादित जग्गा विद्यालयले प्राप्त गर्नु भन्दा अघि नै रिट निवेदकले मोहियानी प्राप्त गरेको भए साविकको अमुक जग्गावालाबाट मोहियानीमा कमाउन लिएको भन्न सकेको छैन, ४ नं. जो.अ.नि. पाएको भनेको छ, तर त्यसमा झगडा जनाएको देखिन्छ, यस्तो स्थितिमा प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा रिट निवेदकको मोही दर्ता गरिपाउँ भन्ने निवेदनमा सबुद प्रमाणबाट वादी दावीको विवादित जग्गामा निवेदक वादीको दावी पुग्न नसक्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3113
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
निर्णय वर्ष / मिति2044/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3113
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्