नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3108 · वि.सं. २०४४
नि.नं. 3108 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
२००४ सालमा मानो छुट्टिएको भनी जिकिर लिएको र वादी र प्रतिवादी समेत भएको अंश मुद्दामा २००४ सालमा मानो छुट्टिएको मिति कायम गरी अंश दिने दिलाउने गरी लुम्बिनी अञ्चल अदालत समेतबाट अन्तिम फैसला भई रहिरहेको देखिएको समेतबाट प्र.को हकमा २००४ सालकै मितिको चुलो मानो छुट्टिएको कायम गरी निजले जि.अ.मा दिएको तायदाती बमोजिम निजको हकमा वादीलाई अंशबण्डा छुट्याई दिनु पर्ने । (प्रकरण नं. १५) तत्काल प्रचलित अपुतालीको २ नं. मा संग बसेको अंशियार भएसम्म छोरीले अपुताली पाउँदैन भन्ने व्यवस्था भएको पाइन्छ, प्रस्तुत मुद्दामा प्रतिवादी बाहेक अरुसंग बसेका हकदार कोही नभएको हुँदा बाबु आमाको मृत्युपछि निजले नै तत्कालीन अपुतालीको २ नं. समेतबाट अपुताली खान पाउने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3108 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2044/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री रुद्रबहादर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3108 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
