नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3072 · वि.सं. २०४४

नि.नं. 3072 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाँकी रुपैयाँ नबुझाएकोले विपक्षी प्रतिवादीबाट दिलाई पाउँ भन्ने वादीको मुख्य फिराद जिकिर भएकोले प्रस्तुत विवादलाई करार कार्यान्वयन सम्बन्धी मुद्दाको समकक्षमा राख्नु पर्ने अवस्था भएको नपाइने । (प्रकरण नं. १४) भुक्तानी पाउने वालाले रकम भुक्तानी गरी फछ्र्यौट गर्न बराबर ताकेता गर्दा पनि भुक्तानी नदिई आखिरीमा आएर आचरणबाट समेत रकम भुक्तानी दिन इन्कार गरेको देखिएकोले यस स्थितिमा विन्तिपत्रमा उल्लेख भएको व्यहोरालाई साँचो नै मान्नु पर्ने र म्याद थामी पाएको मान्नु पर्ने । (प्रकरण नं. १४) छुट्टाछुट्टै मितिमा फरक फरक भर्पाई देखिन आएकोले भुक्तानी भएको मान्नु पर्ने हुँदा दुई पक्षका बीच कारोबार भइरहेको बेला खडा भएको भर्पाईको लिखत पछि मात्रै पेश हुन आएको कारणले प्रमाणको निमित्त ग्राह्य नहुने स्थिति नपर्ने । (प्रकरण नं. १५) दुई पक्षहरूका बीचमा भएको कबूलियत बमोजिम ०२२।१०।२८ देखि ०२४।६।१२ सम्म हुने ब्याज रु. ३२४।४३ र ०२४।६।१३ देखि ०३३।३।३२ सम्मको हुने ब्याज रु. ५,२८१।६६ समेत जम्मा पाउनु पर्ने रु. ५,६०६।१० मा पुनरावेदक वादी जनकपुर चुरोट कारखानाले भौ.नं. ५३१ बाट आ.व. २०२६।२०२७ मा रु. ७४६।६६ मात्र प्रतिवादी सुन्दरबहादुरलाई क्रेडिट दिएको देखिएकोले सो कटाई बाँकी हुन आउने रु. ४,८५९।४४ कबूलियत बमोजिम ब्याज वापत सुन्दरबहादुरले पाउनु पर्ने नै देखिने हुँदा भुक्तानी दिन नमिल्ने भन्न न्यायोचित नहुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3072
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2044/02/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3072
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्